• २० कात्तिक २०८२, बिहिबार

नागरिक सेवा प्रवाह पहिलो प्राथमिकता

blog

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), कात्तिक २० गते । रौतहटको गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति विकले नागरिकको हकहितमा सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा सोमबार कार्यभार समालेका विकले पालिकाको विकास र समृद्धिमा सबै पक्षसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले स्थानीय तहको जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताउनुभयो ।  

गत भदौ १२ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको गुजरा नगरपालिकामा उहाँलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो । 

सरुवा भएको दुई महिनापछि सोमबार विकले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेसँगै २०८२ साउनदेखि शिक्षक, कर्मचारीको रोकिएको तलब भत्ता भुक्तानीको प्रव्रिmया अगाडि बढ्ने नगरप्रमुख सन्तलालप्रसाद चौधरीले बताउनुभयो । पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तथा शिक्षकले दसँैतिहार, छठसमेतमा तलब भत्ता पाएका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत विकले पालिकाको विकास र समृद्धिमा सबै पक्षसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । १३ वर्षअघि निजामती सेवामा प्रवेश गरेका प्रमुख प्रशासकीय अधिकृत विक करिब १५ महिनाअघि उपसचिवमा नाम निकाल्न सफल हुनुभएको थियो । उहाँ यसअघि जिल्ला समन्वय समिति मकवानपुरमा जिल्ला समन्वय अधिकारीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।