सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्न‘परे पनि निलम्बन गर्न‘ नपर्ने ठहर गरेको हो । आदेशसँगै अध्यक्ष अधिकारीलाई कार्यकारी अध्यक्षका रूपमा निगममा काम गर्न फर्किने बाटो खुलेको छ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्रमा पुग्न कतिपय स्थानीयलाई दुईवटा जिल्ला पार गर्नुपर्ने बाध्यता छ । अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा सडक अवरुद्ध हुँदा स्थानीयले यस्तो सास्ती भोग्नुपरेको हो ।यही असार १६ गतेदेखि माथिबाट खसेको ठूलो ढुङ्गोका कारण सडक अवरुद्ध भएको छ । गाउँपालिका केन्द्र पुर्तिघाट पुग्न स्याङ्जाको सेतीबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै जानुपर्ने हुन्छ ।
नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी आगामी सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै नेपाल बङ्गलादेश बैङ्कको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले सोमबारदेखि नबिल बैङ्कको कार्यालयका रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैङ्कले जनाएको छ ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ ।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले सिन्धुली र विराटनगरमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि यी दुई स्थानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्देशिका तयार भएको छ । पछिल्लो दस वर्षको अवधिमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले दोस्रो पटक निर्देशिका तयार पारेको हो । २०६९ सालमा पनि न्यायाधीश नियुक्तिको मापदण्ड परिषद्ले पारित गरेको थियो ।
नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स बेलायत लैजान असारको पहिलो साताभित्रै दुई देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ टोलमा महिलाको पाठेघर खस्ने अर्थात् आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।गाउँमा महिलाको शरीरको गतिविधि र अङ्गस्थिति व्यस्तताका कारणले आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका हुन् ।
लहान नगरपालिकाले आगामी साउनदेखि स्वयंसेवक शिक्षक भर्ना गर्ने भएको छ । शैक्षिक अवस्थामा सुधार गर्न आधारभूत तहमा प्रतिकक्षा एक जना शिक्षक भर्ना कार्यक्रमअन्तर्गत १२५ जना शिक्षक भर्ना गर्न लागिएको हो ।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताउनुभएको छ । प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले प्रश्न उठाएका थिए । अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित कार्यालय प्रमुख र पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले भन्नुभयो, “म यहाँबाट गएर स्पष्टीकरण सोध्ने वा सचेत गराउने कुरा गर्छु ।”
पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन् र निकासीमा कडाइ गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी इक्युप्मेन्ट’ प्रयोग गरी हुने अवैध उत्खनन रोक्न यस्तो कडाइ गरेको हो ।कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढी बालुवा आउने भएकाले अवैध उत्खनन, सङ्कलनर ओसारपसार हुने गरेको थियो ।
बलिउड अभिनेता सलमान खान अभिनीत दबंगको सिक्वेल ‘दबंग ४’ बन्ने भएको छ । यस पटक चलचित्रलाई तिग्मांसु धुलियाले निर्देशन गर्दै छन् । तिग्मांसुले हासिल, साहेब बीबी और गैंगस्टर, पान सिंह तोमर, साहेब बीबी और गैंगस्टर रिटन्र्स, बुलेट राजा र यारा जस्ता चलचित्रलाई निर्देशन गरिसकेका छन् । चलचित्रको पनि तिग्मांसु
पद्मसुन्दर जोशीको बृहत् अनुसान्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । “हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झन्डै दुई हजार वर्षदेखि पानीको बहाब व्यवस्थापन गरेको छ,” लेखक
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको गृह जिल्ला बाँकेमा १७६ वटा योजना छनोट भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विभिन्न मन्त्रालयका योजनाहरू जिल्लामा परेका छन् ।
गृह मन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन सुुधारको योजनालाई कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालयलाई पत्राचार गरेको छ । सरोकारवाला सबै मन्त्रालयलाई पत्राचार गर्दै सडकमा ग्रिनबेल्ट विकास गर्न, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न, सवारीसाधनबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापनका लागि काम गर्न तत्काल काम सुरु गर्न अनुरोध गरिएको छ ।