• १२ असार २०८१, बुधबार

निःशुल्क स्वास्थ्य शिविर

blog

हुम्ला (गोरखापत्र), असार २४ गते । नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ । ६० वर्षमाथिका नागरिकलाई उपचारमा सहज होस् भन्दै खर्कमा स्वास्थ्यकर्मी पुगेर शिविर सञ्चालन गरी उपचार गरिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विराज कृष्णचन्द्र जोशीका अनुसार ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण उहाँहरू बस्ने स्थानमै पुगेर उपचार गरिएको हो ।शिविरबाट १०९ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए । शिविरमा विशेष गरी बाथ, दम, अम्लपित्त, छालाको रोग, ज्वरो आउने र दिसापिसाबसम्बन्धी रोगको उपचार गरिएको जनाइएको छ ।