• १२ असार २०८१, बुधबार

‘दबंग ४’ को तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४  गते । बलिउड अभिनेता सलमान खान अभिनीत दबंगको सिक्वेल ‘दबंग ४’ बन्ने भएको छ । यस पटक चलचित्रलाई तिग्मांसु धुलियाले निर्देशन गर्दै छन् । तिग्मांसुले हासिल, साहेब बीबी और गैंगस्टर, पान सिंह तोमर, साहेब बीबी और गैंगस्टर रिटन्र्स, बुलेट राजा र यारा जस्ता चलचित्रलाई निर्देशन गरिसकेका छन् । चलचित्रको पनि तिग्मांसु स्वयंले लेख्दै छन् । सलमानले आफ्नो अन्तिम सिक्वेल ‘दबंग ३’मा नै ‘दबंग ४’ बन्ने घोषणा गरेका थिए । २०२२ डिसेम्बरबाट चलचित्रको सुटिङ सुरु हुँदै छ । एजेन्सी