• १२ असार २०८१, बुधबार

अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न आदेश

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ असार २४ गते । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्न‘परे पनि निलम्बन गर्न‘ नपर्ने ठहर गरेको हो । आदेशसँगै अध्यक्ष अधिकारीलाई कार्यकारी अध्यक्षका रूपमा निगममा काम गर्न फर्किने बाटो खुलेको छ ।

अदालतले निगमका निमित्त महाप्रबन्धक दिपुराज ज्वारचनलाई तत्काल अस्थायी नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नसमेत अन्तरिम आदेश दिएको छ । अदालतको आदेशअनुसार अन्तरिम आदेश गर्ने वा नगर्ने भन्ने विषयबारे निष्कर्षमा पुग्न दुवै पक्षलाई छलफलका लागि असार २८ गते बोलाएको छ ।