रामेछापको खाँडादेवी गाउँपालिका–५, पकरबासको सल्लेनी सामुदायिक वनमा जननेता मदन भण्डारीको स्मृतिमा पार्क निर्माण भइरहेको छ । गाउँपालिकाले विनियोजन गरेको १० लाख रुपियाँबाट सुरु गरिएको पार्क परिसरमा खेल मैदानलगायतका केही संरचना निर्माण गरिएको थियो । त्यसपछि बागमती प्रदेश सरकारको ५० लाख रुपियाँ बजेटबाट पार्क निर्माणको काम गरिएको सल्लेनी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष घनश्याम सार्कीले बताउनुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताउनुभएको छ ।
चितवनमा भएको चरा गणनामा लोपोन्मुख प्रजातिका चराको सङ्ख्या बढेको पाइएको छ । पुस महिनाको अन्तिम साताबाट गणना गरिएको चितवनमा कालो गरुड र भुँडीफोर प्रजातिको चराको सङ्ख्या राम्रो देखिएको हो । यी दुई चरालाई संरक्षित सूचीमा राखिएको छ । विश्वबाटै लोपोन्मुख भुँडीफोर प्रजाति रैथाने जातिको चरा हो । “यो चरा विगतका वर्षमा हराउँदै गएको थियो, अहिले देखा पर्न थालेको छ,” बर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले भन्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रित्ती, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाले सदरमुकाम चरीकोटको बजार क्षेत्रमा जडान गरेको ‘स्मार्ट लाइट’ले प्रकाशसँगै सुरक्षा पनि दिएपछि स्थानीय व्यवसायी प्रसन्न भएका छन् । सदरमुकामको मुख्य सातादोबाटो र पशुपतिडाँडामा जडान गरिएका लाइटले व्यवसायीलाई सुरक्षित बनाएको छ । सातादोबाटोका व्यवसायी ऋषिप्रसाद न्यौपानेले भन्नुभयो, “बत्तीको उज्यालोले रातभर सुरक्षाको पनि काम गरिदिएको छ । रातिको चोरीचकारीसमेत बन्द भएको छ । न हुलदङ्गा, न झैझगडा; बजार शान्त बनेको छ ।”
आदिवासी जनजाति मध्ये बौद्ध धर्मावलम्बीले मनाउने सोनाम लोसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुभकामना सन्देश दिनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकको राजनीतिक यात्रा स्वाभाविक रूपमा अगाडि बढिरहेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकारको गठन भएलगतै प्रतिनिधि सभाले नयाँ सभामुख निर्वाचित गरेको छ । नयाँ उपसभामुखसमेत पाएको छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि प्रतिनिधि सभाले पाँचौँ सभामुखका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राजनीतिमा लामो समयदेखि सक्रिय रहनुभएका देवराज घिमिरेलाई पाएको छ । विहीबार सम्पन्न सभामुखको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ दलका नयाँ राजनीतिक व्यक्तित्व शिशिर खनाललाई मन्त्रीका रूपमा पाएको छ । खराब राजनीति, भ्रष्टाचार र गलत आचरणको कुनै पनि गन्ध नआएका व्यक्तिले शिक्षाजस्तो अति संवेदनशील मानिएको मन्त्रालयको जिम्मेवारी पाउनुलाई सुखद नै मान्नुपर्छ । साथसाथै राजकीय पदका लागि साह्रै नै नौलो व्यक्तित्वले पदको गरिमा धान्दै मन्त्रालयका पुराना जडलाई सही बाटोमा हिँडाउन त्यति सहज पनि मानिन्न ।
राष्ट्रिय सभा सदस्य विमला राई पौडेल परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएको छ । नेपालको इतिहासमा महिला परराष्ट्र मन्त्री भएको बिरलै देख्न पाइन्छ । यसअघि सहाना प्रधान र सुजाता कोइराला परराष्ट्रमन्त्री बन्नुभएको थियो । नयाँ परराष्ट्र मन्त्रीका चुनौती भने धेरै छन् । बढ्दो भूराजनीतिक परिस्थिति, रुस–युक्रेनको तनाव, मूल्यवृद्धि, भारत–चीनबीचको सीमा विवाद, कमजोर परराष्ट्र सम्बन्ध, साँघुरिएको वैदेशिक लगानी, सार्क राष्ट्रबीचको सम्बन्धलगायतका समस्या हाम्रासामु छन् ।
प्रदूषण तथा फोहोरमैला काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्ने गरेको छ । काठमाडौँ मात्र होइन घनाबस्ती भएका सहर तथा सहरोन्मुख क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रूपमा रहने गरेको छ । ल्यान्डफिल साइटमा विभिन्न कारणले फोहोर फ्याँक्नमा अवरोध हुने बित्तिकै बेलाबेलामा काठमाडौँमा फोहोर जम्मा हुन थाल्छ र फोहोरको डुङ्गुरले एक दुई दिनमै विकराल रूप लिन्छ । वास्तवमा फोहोरमैलाको दिगो व्यवस्थापन तथा फोहोरको समस्या समाधानका दीर्घकालीन उपायको खोजी हुन नसक्दा फोहोरको समस्या राजधानीबासीका लागि बल्झिरहने पिलो बनेको छ ।
तामाङ, ह्योल्मो, सिङ्सा, थकाली, लार्के, तोप्के, भोटेलगायतको समुदाय नयाँ वर्ष आगमनको स्वागत गर्न आ–आफ्नो रीतिथिति परम्परा र सभ्यताअनुसार भव्य तयारीमा लागेको छ । नेपालमा यसरी चन्द्र पात्रोअनुसारको नयाँ वर्ष मनाउने समुदायमध्येको प्रमुख जाति भनेको तामाङ हो । तामाङ जाति नेपालको एउटा प्राचीन समुदाय पनि हो । यो समुदायको आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा रीतिरिवाज, सामाजिक तथा राजनीतिक संरचना भएको आफ्नो भूमि र भूगोल भएको किपट राज्य प्रणाली अवलम्बन गर्दै आएको न्याय समानताको विश्वास गर्ने इमानदार समुदायका रूपमा चिनिन्छ । यो समुदाय जनसङ्ख्याको हिसाबले पाचौँ ठूलो, भाषिक हिसाबले तेस्रो र धार्मिक हिसाबले बौद्ध धर्म मान्ने सबभन्दा ठूलो समुदाय हो ।
विदेश पठाइदिने भन्दै एजेन्टहरूले लाखौँ रकम ठगी गर्ने क्रम बढ्दै गएको छ । वैदेशिक रोजगारीकै नाममा गरिएको ठगी धन्दाले सप्तरीको एउटा पूरै गाउँ नै ठगी र ऋणको दोहोरो चपेटमा परेका छन् ।
मुलुक दूधमा आत्मनिर्भरको दिशामा अग्रसर भएकाले अब निर्यात गर्ने लक्ष्य लिएर उत्पादन बढाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ। दुग्ध क्षेत्रका विज्ञहरूले दूधमा आत्मनिर्भर भए पनि गाउँगाउँमा सङ्कलन भएको दूध अझै बजारसम्म आउन नसकेको उहाँले बताउनुभयो। सहरी र आसपास क्षेत्रमा उत्पादित दूध सहजै बजारमा आए पनि ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म आउन सकेको छैन।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरुल व्यापारबाट राम्रो आम्दानी भएको छ। कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानुपर्ने हिन्दु परम्पराअनुसार तरुलको व्यापार पनि निकै फस्टाएको हो। नवलपुरमा माघेसङ्क्रान्तिमा एक करोडको तरुल बिक्री भएको छ। अझै जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती गर्ने हो भने यसबाट निकै राम्रो आम्दानी गर्न सकिने तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारूले बताउनुभयो।