• १२ साउन २०८१, शनिबार

पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा

blog

काठमाडौं, माघ ८ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ ।

उहाँले तामाङ जातिको महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उहाँले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिनुभएको छ ।