राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
यही माघ १ गते पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि कहाँ पठाउने भन्नेबारे सोमबार मात्र निर्णय हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जहाज दुर्घटनाको प्राविधिक पक्ष विश्लेषणका लागि विशेष सुविधा सम्पन्न प्रयोगशालामा पठाउनुपर्ने भएकाले फ्रान्स, सिङ्गापुर वा बेलायत कुन देशमा पठाउने भन्नेबारे छलफल भइरहेको र सोमबारसम्म निर्णय हुने बताउनुभयो।
कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदी माथी पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताउनुभएको छ।
दार्चुलाको गोकुलेश्वरस्थित चौलानी नदी किनारमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरमा चौलानी नदीको किनारमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालिगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफलाइन रहेको बताउनुभएको छ।
पुरुषले मात्रै गाउँ, समाजको नेतृत्व गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै कैलालीमा महिलाले भलमन्साको जिम्मेवारी लिन थालेका छन् । गाउँ चलाउन महिला पनि सक्षम रहेको सन्देश दिदैं उहाँहरु भलमन्साको भूमिकामा आउन थाल्नुभएको हो ।
कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर टिलर हस्तान्तरण गरेको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो।
प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रस्तावक, समर्थक र सांसदले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका फाइल अनुसन्धान नगरेको भन्दै आपत्ति जनाउनुभएको छ।