नदी कटानबाट बस्ती र खेतीयोग्य उर्वरभूमि जोगाउन धनुषाको मिथिला नगरपालिका –११, तुलसीस्थित विभिन्न नदीमा तटबन्ध निर्माणको काम थालिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीका बीचमा सहमति भइसकेको बताउनुभएको छ।
डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा मतपेटिका तोडफोड गरिएपछि निर्वाचन स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र उन्नत पार्न निरन्तर खबरदारी गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद वीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सांसद शर्मा बेलायत-नेपाल सर्वदलीय सांसद समूहको सभापति हुनुहुन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सङ्खुवासभाका –४ क्याम्पसमध्ये दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । ४ मध्ये २ क्याम्पसमा सर्वसम्मत भएपछि बाँकी २ क्याम्पसहरुमा आईतबार निर्वाचन भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो।
जिल्लाको रिब्दीकोट –२ मसाहरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो रैनदेवी छहरा –१, स्थित सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदैगरेको लु २ ख २४४६ नम्बरको टिप्परले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि, सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ।
नेपाल उसु महासङ्घको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित हुनुभएको छ ।
काठमाडौं, चैत ५ गते। नेपाली कांग्रेसले योगदान र योग्यताको आधारमा मन्त्री चयन गर्ने भएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र योग्यताको आधारलाई प्राथमिकता दिने भएको हो। योसँगै समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरेर मन्त्री चयन गर्ने भएको छ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकपछि विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गर्नुभएको हो। कांग्रेस बैठकले महत्त्वपूर्ण पाँच निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीको चयन योगदान र योग्यताको आधारमा गर्ने भएको हो।पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्नु एको हो। कांग्रेस बैठकका पाँच निर्णय जस्ताको तस्तै :– चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संङ्य लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति श्री रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ।– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणमा नेपाललाई पुर्याउन ऐतिहासिक सफलता हासिल गर्न सफल खेलाडीहरु, नेपाल क्रिकेट सङ्घ र समस्त नेपालीमा यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ। यो विजयलाई दिगो बनाउँदै आगामी दिनमा नेपाली क्रिकेटको अझ स्तरोन्नतिका लागि विशेष कार्ययोजना निर्माण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दछ।– संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनबद्धता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ। हालै सम्पन्न सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रति सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा नेपालको संविधानको धारा ७६९२० बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई नेपाली कांग्रेसको विधानको धारा २२ ९११० बमोजिम समर्थन गर्ने र २०७९ चैत ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ।– संसद्को सबैभन्दा ठूलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ। संविधान रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिँदै मुलुकको चौतर्फी विकासमार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रति यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ।– नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने यो बैठक निर्णय गर्दछ।