• १५ चैत २०८०, बिहिबार

टिप्परको ठक्करबाट एकको मृत्यु

blog

रेखीराम राना

पाल्पा, चैत ५ गते । जिल्लाको रिब्दीकोट –२ मसाहरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो रैनदेवी छहरा –१, स्थित सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदैगरेको लु २ ख २४४६ नम्बरको टिप्परले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

टिप्परको ठक्करबाट रिव्दीकोट मसाहर निवासी ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीचौकी हार्थोक र तानसेनबाट प्रहरी टोली खटिई टिप्पर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।