नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनु भएको हो ।
स्पेनिस ला लिगा फुटबलको चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २–१ गोलले हरायो ।
आकर्षक तलब पाइने जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।
नलगाड बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनका विवादले लगाएको ताला अझै खुल्न सकेको छैन । आइतबार सम्पन्न निर्वाचनमा फर्जी मत गरेको आरोपमा लागेको ताला अझै विवाद समाधान नहुँदा खुल्न सकेको छैन ।
सडक निर्माण सम्पन्न भए पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन । खार्पुनाथ गाउँपालिका– ४ को वडा कार्यालय जोड्ने कच्ची सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएको कारण यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन ।
फागुनको महिना । देश र जनताले सम्झने दिनमा पर्दछ– ७ गते । वि.सं. २००७, फागुन ७ लाई नेपालले ऐतहासिक दिनका रूपमा लिने गरेको छ । यो दिनलाई ऐतिहासिक दिन अर्थात् ‘प्रजातन्त्र दिवस’ भनेर मनाउँदै आएका पनि छौँ । र, यो दिनलाई किन सम्झन्छौँ त ? हामीले सुनेका छौँ– ‘नेपालमा १०४ वर्षसम्म राणा शासन चलेको थियो ।’ हामीले राणा
भाइबहिनीहरू तिमीहरू सबैलाई थाहा नै होला तिमीहरू सबैले स्कुलका साथीभाइ अनि परिवारका सदस्यबीच एकआपसमा अनुहारमा अबिर, रङ लगाएर अनि बेलुन र प्लास्टिकको थैलीमा पानी भरेर एकअर्कालाई हानेर रमाईलोसँग होली खेलेका पनि होलान् तर तिमीहरू कतिलाई होली पर्वका बारेमा राम्रोसँग जानकारी छैन होला । यसर्थ यहाँ म होलीका बारेमा अनि होलीको सुरुवात कसरी भयो भन्नेबारेमा जानकारी दिँदैछु । होली पर्व खासगरी नेपालीहरूले प्रत्येक वर्ष
साक्षर जिल्ला घोषणा भएको सात वर्षपछि पनि जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाका १० देखि १४ वर्ष उमेर समूहका १८८ जना बालबालिकाले विद्यालय टेक्न पाएका छैनन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले भेरी र नलगाड नगरपालिकामा सञ्चालन गरेको एक वर्षीय (द्रुत) संश्लेषित सिकाइ कार्यक्रममा विद्यालयभन्दा बाहिर रहेका बालिकालाई फेला पारिएको हो। घरको गरिबी, सिजनल बसाइँसराइ, विद्यालय र घरको दूरी टाढा, कमजोर शिक्षण सिकाइजस्ता कारणले १८८ जना भेरी र नलगाड नगरपालिकाका बालिका विद्यालयभन्दा बाहिर रहेको बताइएको छ।
बेपत्ता भएको ५ दिनपछि एक ८३ वर्षीया वृद्धाका शव रतुवा माई वृक्षरोपण आयोजनको जङ्गल क्षेत्रमा फेला परेको छ ।
कोहलपुर–सुर्खेत सडकखण्ड दुई लेनमा विस्तार गरिने भएको छ। रत्न राजमार्गको क्षेत्र निर्धारण र कार्यसूची (टीओआर) स्वीकृत भएसँगै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अन्तिम चरणमा पुगेको छ। सङ्घीय सडक विभागअन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले राजमार्ग स्तरोन्नतिका लागि तयार पारिएको ईआईए प्रतिवेदनमाथि प्रभावित क्षेत्रका बासिन्दाको राय, सुझाव लिने काम सम्पन्न भएसँगै स्तरोन्नतिका लागि काम अघि बढ्नेमा स्थानीयवासी ढुक्क छन्।
डोल्पाको त्रिपुराकोटमा खेतका गराकान्लातिर लिन्डे अर्थात् सवारी साग खोज्नेको भीड नै लाग्ने गरेको छ। स्थानीय भाषामा लसुनी भनिने यो साग खोज्न शनिबारको दिन त बालबालिकासहितको ठूलै मेला लाग्छ। बिनाखेती प्राकृतिक रूपमा खेत तथा वनपाखामा प्राप्त हुने लिन्डे साग पछिल्लो समय स्थानीयको भान्छामा प्राथमिकतासाथ पाक्दै आएको छ। खडेरीका कारण यो वर्ष लिन्डे साग ढिला पलाएकाले चैतको पहिलो साताबाट साग टिप्नेको भीड खेततिर देखिन थालेको हो। अन्यथा वर्षा छिटो भए फागुनको दोस्रो सातादेखि नै लिन्डे सागका पारखी खेततिर चहार्न थाल्छन्। यो साग विशेषगरी डोल्पाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, खदाङ ठूलीभेरी नगरपालिकाको मोतीपुर, जुफाल र दुनैमा पाइने गर्छ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पिउने पानीको अभाव रहेको छ। प्रहरी गणमा रहेको पानी ट्याङ्कीबाट सशस्त्र प्रहरी गुल्म, जिल्ला कारागार, डिभिजन वन कार्यालय, मालपोत कार्यालय र केही पहुँचवालाको घरमा दिनभरजसो पानी आपूर्ति हुने गरेकाले सर्वसाधारणलाई पिउने पानी अभाव भएको बताइन्छ। खानेपानीको व्यवस्थापन गरिरहेका खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले आफूले जतिसक्दो पानी पु-याउने प्रयास गरे पनि सफल नभएको बताउनुभयो।
स्याङ्जाका पाँच क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र दुई क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले जित हात पारेको छ यस्तै एक क्याम्पसमा भने विवादका कारण चुनावी प्रक्रिया नै स्थगित भएको छ ।
धनगढी उपमहानगरपालिका–१०, जुगेडाका ७५ वर्षीय भिख्खु रानाले भलमन्साका रूपमा गाउँको नेतृत्व गरेको ३९ वर्ष भइसक्यो। २०४० सालमा बुवा रन्सीको मृत्युपछि भिख्खुको काँधमा भलमन्साको जिम्मेवारी आएको हो। गाउँमा रहेको तीन सयभन्दा बढी घरधुरीको नेतृत्व गरिरहेका भिख्खुले भन्नुभयो, “बुवा बितेपछि गाउँमा भलमन्साको भूमिका मैले निर्वाह गर्दै आएको छु। बुवाले पनि धेरै वर्ष गाउँको नेतृत्व गर्नुभयो।”