• २३ असार २०८२, सोमबार

स्ववियु निर्वाचन

स्याङ्जामा नेविसङ्घको वर्चस्व

blog

राधाकृष्ण डुम्रे 

वालिङ, चैत ६ गते । 

स्याङ्जाका पाँच क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने दुई वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले जित हात पारेको छ । 

जिल्लाको वालिङ बहुमुखी क्याम्पस, गल्याङ बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, मालुङ्गा बहुमुखी क्याम्पस र राधा दामोदर संस्कृत विद्यापीठमा नेविसङ्घले जित हात पारेको छ भने फेदीखोलाको सिद्धार्थ बहुमुखी क्याम्पस र काली गण्डकीको मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित हात पारेको छ । 

सामुदायिक १९ र संस्थागत तीन गरी स्याङ्जामा २२ बहुमुखी क्याम्पस छन् । निजी रूपमा सञ्चालित क्याम्पसहरूमा भने स्ववियु निर्वाचन भएका छैनन् । १९ सामुदायिक क्याम्पसमध्ये पनि ८ ओटा क्याम्पसमा विद्यार्थीहरूले नेतृत्व चुन्ने अवसर पाउने गरेका छन् अन्य क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन भएकाे छैन ।