प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताउनुभयो ।
तनहुँका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ भने दुईमा स्थगित भएको छ ।
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मकवानपुरका आङ्गिक र सामुदायिक क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
त्रिविअन्तर्गत रहेका इलामस्थित महेन्द्ररत्न बहुुमुखी क्याम्पस अनेरास्ववियुका दर्शन राई र देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा फुर्वा तामाङ अध्यक्ष निर्वाचित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीका तीन क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ ।
चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।
वीरगञ्ज महानगरपालिका-१६ स्थित इनर्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
बिरुवा गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबलको उपाधि कालीगण्डकी गाउँपालिकाले उचालेको छ ।
म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा नौ खेलाडीमा समेटिएको फुलहामलाई ३–१ गोलले हराउँदै युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।
फ्रेन्च लिग वानको शीर्षस्थानमा आसिन पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी रेनेसको नमिठो झट्का लागेको छ ।
उपाधि दौडमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४-१ गोलले हरायो ।