• ११ मंसिर २०८१, मङ्गलबार

पीएसजीलाई रेनेसको झट्का

blog

पीएसजीविरुद्ध गोल गरेपछि खुसी मनाउँदै रेनेसका खेलाडी (सेतो जर्सीमा) । तस्बिर : एएफपी

काठमाडौं, चैत ६ गते । फ्रेन्च लिग वानको शीर्षस्थानमा आसिन पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी रेनेसको नमिठो झट्का लागेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी रेनेससँग २-० गोलले पराजित भयो । घरेलु मैदानमा पीएसजीलाई स्तब्ध बनाउन रेनेसका कार्ल टोको एकम्वीले पहिलो हाफको इन्जुरी समयमा खाता खोल्नुभयो । अर्को गोल एर्नाउड कालीमुइन्डो मुइनगाले ४८औं मिनेटमा गर्नुभयो ।

मध्यभागमा राम्रो बल पोसेसन राखेपनि पीएसजीले गोल फर्काएन सकेन । स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेलाई खेलको सुरुदेखि नै मैदानमा उतारे पनि पीएसजी हार खेप्न बाध्य बन्यो । लिगमा पीएसजीको यो चौथो हार हो । हारे पनि शीर्षस्थानमा रहेको पीएसजीको २८ खेलबाट ६६ अङ्क छ । 

५० अङ्क बनाएको रेनेस पाँचौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५९ अङ्क छ । आइतबार राति नै भएको खेलमा मार्सेलीले रेम्सलाई २-१ गोलले पराजित गरेको थियो । एजेन्सी