दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।
सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ ।
। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कालिगण्डकी कोरीडोरअन्तर्गत स्याङ्जा–पवत खण्डमामा दुई वटा पुल निर्माण भएका छन् भने कोरिडोर निर्माणले तीव्रता दिएको छ ।
भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदनमा जनसङ्ख्याको वृद्धि सन्तुलित नदेखिएको बताउनु भएको छ ।
गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।
उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन् । आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई पूर्णता दिनु अगाडि सत्ता साझेदार दलहरु बीच साझा कार्यक्रम बन्नु पर्ने बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो ।
मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ ।
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगरदेखि सुनाखाडासम्म सडक निर्माण कार्यले बाटो भत्किएपछि पैदल यात्रुहरुलाई हिँड्न समस्या भएको छ । दक्षिणी हुम्लामा आउजाउ गर्ने पैदल यात्रुहरुले जोखिम उठाएर यात्रा गर्नु परि रहेको छ ।