अर्जुन काफ्ले
स्याङ्जा, चैत १० गते । कालिगण्डकी कोरीडोरअन्तर्गत स्याङ्जा–पवत खण्डमामा दुई वटा पुल निर्माण भएका छन् भने कोरिडोर निर्माणले तीव्रता दिएको छ ।
इन्जिनियर पबित्रमणी आचार्यले स्याङ्जा खण्डको १० किलोमिटरमा कालिगण्डकी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने आँधिखोला तथा गल्याङ नगपालिका–५ र पर्वतको बिहादी जोड्ने सेतिखोला पुल निर्माण भएको जानाकारी दिनुभयो ।
आँधिखोला पुल रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले साढे दुई वर्षमा सक्ने गरी २०७७ असार ३० गते सम्झौता गरेको हो । ५० मिटर लम्बाई भएको पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको हो ।
यस्तै, सेतिबेनीखोला ट्रष्ट ब्रिज मुक्तिनाथ/सुयान जेभिले निर्माण थालेको पाँच वर्षमा निर्माण गरेको आचार्यले बताउनुभयो । निर्माण कम्पनीले पाँच करोड ८६ लाख ८२ हजवार ९८ रुपियाँ १६ पैसामा पुल निर्माण गरेको हो ।
यस्तै, कोरिडोर पाल्पा–गुल्मी–बाग्लुङ खण्डले कालोपत्रे गरी रहँदा स्याङ्जा–पर्वत खण्डले निर्माणमा तीव्रता पाएको हो । स्याङ्जा–पर्वतको ५३ किमीमा स्याङ्जा खण्डमध्ये मिर्मी सेतिबेनी सडकको सात किमी महादेब खिम्ती/आन्जना/पराजुली जेभी लमजुङले निर्माण जिम्म लिएर काम अगाडि बढाएको हो ।
निर्माण कम्पनीले सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्रे गर्ने गरी २०७७ भदौ १२ गते सझौता गरेको थियो । आचार्यले २१ करोड ९८ लाख छ हजार १९० रुपियाँ १९ पैसामा साढे दुई वर्षसम्म सक्नेगरी सम्झौता भएकोमा ५० प्रतिशत मात्र काम भएको बताउनुभयो ।
आचार्यका अनुसार विष्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुदाँ ढिलाई भएको र एक वर्ष समय थपेर काम अगाडि बढाइएको थियो ।
यस्तै, मिर्मी सेतिबेनी सडकै तीन किमी कष्टमण्डप/कली/मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार ७७१ रुपियाँ ६० पैसामा सम्झौता गरेको थियो । २०७७ साल माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी ३० महिना सक्ने गरी निर्माण कम्पनीले सम्झौता भएकोमा ६५ प्रतिशत काम सकिएको छ ।
कोरिडोरले पर्वत खण्डको ४३ किमीमध्ये छ किमी कालोपत्रे हुँदा १७ किमी कालोपत्रेको अन्तिम तयारीमा भइरहेको छ भने थप २० किमी ढेक्का निकाल्ने तयारीमा रहेको आचार्यले बताउनुभयो ।
कोरिडोरको स्याङ्जा–पर्वत खण्डको मिर्मी, सेतिबेनी, रानीपानी, कुर्खा फलेबास, अर्मादी खण्ड सडक निर्माणले यहाँका लाखौँ नागरिक सडकको प्रयोगबाट लाभान्वित हुने भने बुटवल, पाल्पा, नारायणगढ जाने यात्रुलाई सहज हुने छ ।