‘जेठो महिना चैत होलो, रङिलो वैशाख जौँ–तिल जेठो होलो, पञ्च अनाज जेठो आनली कानलीका पलुईगया तिता भलो गरेई भागानन्द दुवै घर रिता’ दार्चुलाका नरी बादी यतिबेला बैतडी सदरमुकामतिर हुड्काको तालमा चैतको भेटौलो गाउनमै व्यस्त हुनुहुन्छ। भेटौलो पर्वमा पराइ घर गएकी चेलीको कथा गीतमा समेटिएको छ। हातमा हुड्को हल्लाउँदै चैत गाउँदै गाउँसहर घुम्दा नरीलाई अन्न र केही नगद प्राप्त हुन्छ। नेपाली पात्रोअनुसार वैशाखलाई नयाँ वर्ष मानिन्छ। छवटा ऋतुमध्ये (चैत–वैशाख) वसन्त ऋतुलाई जेठो ऋतु मानिन्छ। जेठो महिना चैत भएकाले सुदूरपश्चिमको मौलिक परम्परासँग गाँसिएको चैतको भेटौलो सुरु भएको छ। चैत महिनाभरि पराइ घर गएकी चेलीलाई उपहारमा नयाँ लुगा र मीठा परिकार लगेर भेट्न जाने चलन छ। चैतलाई ऋतु गीत पनि भनिन्छ। हुड्को बजाउँदै चैत गएर गाउँ डुल्ने परम्परा घट्दै गइरहेका बेला दार्चुलाका नरी बादी बैतडी पुगेर परम्परा धानिरहनुभएको छ। हुड्को बजाएर चैत गाउँदा आम्दानी पनि हुने संस्कृतिको जगेर्ना पनि हुने अनुभव उहाँको छ। उहाँका अनुसार चैत गाउँदा भाइ–बहिनी भेट्न नपाएकाहरू रुने गर्छन्।
भनिन्छ आफूलाई जन्म दिने आमा र आफू जन्मेको धरती नै संसारमा सबैभन्दा प्रिय हुन्छन् । हिउँदमा हिउँ परेर धेरै चिसो हुने, जाडाले मुटु नै कमाउने, पानी छुन
उहुहुहु.... कति चिसो पानी ! हात त झननन भयो । हिजो तातै पानी खाइयो, तातै पानीले हात धोइयो, तातैमा बसियो र न्यानो सिरकभित्र गुटुमुटिएर रात काटियो । सिरिर्र हावा लागेबाहेक चिसोको अनुभव भएन
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशिष्ट व्यक्तिको सवारी आवागमन केही वर्षदेखि ठूलै चर्चाको विषय बन्ने गरेको छ । राजधानी काठमाडौँ उपत्यकामा सवारी चाप तीव्रतर रूपमा बढेसँगै यो विषय झनै पेचिलो बन्दै गएको थियो । विशेष गरी राष्ट्रपतिको सवारीको समय, त्यसको अघि र पछि समेत लामैजस्तो समय सडक नै खाली गर्नुपर्ने अवस्थाले उपत्यकामा एकै पटक हजारौँ हजार सवारी र लाखौँ मानिस प्रभावित हुने गरेका थिए । गुडिरहेका सवारीसाधनलाई सवारीकै कारण गन्तव्य मोडिदिँदा धेरैतिर सवारी जाम
गठबन्धन सरकार चुनावी परिणाम हो । दल सानो होस् या ठूलो सरकारमा भाग लिने र महìवपूर्ण पद प्राप्त गर्ने अवसर गठबन्धनबाट प्राप्त गर्न सकिन्छ । गठबन्धनका केही नकारात्मक पक्ष पनि हुन्छ । गठबन्धन समाप्तिको समय परिस्थिति अनुकूल हुँदैन र कहिलेकाहीँ अनौठो किसिमका नाटक पनि मञ्चन हुन्छ । केही राजनेतालाई आफ्नै दलका मानिसबाट गठबन्धन छोड्न बाध्य पारिन्छ भने केही राजनेतासँग गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट मार्गचित्र नभएको हुन्छ
वि.सं. २०७८ मार्गबाट वस्तु आयातमा गरिएको कडाइपछि देशको अर्थतन्त्र सुधारोन्मुख देखिँदै आएको छ । गएका वर्षमा विदेशी विनिमय सञ्चितिमा कमी आएसंँगै विलासी वस्तुका आयातमा कडा गरको थियो । आयातमा गरेको कडासँगै विदेशी विनिमय सञ्चिति बढेको अवस्था छ । आ.व. २०७९।८० का पछिल्ला महिनामा वैदेशिक रोजगारीबाट प्राप्त अर्थात् रेमिट्यान्स रकम पनि बढ्दै गएको छ । यसले गर्दा देशको शोधनान्तर स्थिति बचतमा देखिएको छ । तर व्यापार घाटामा कमी आ
पछिल्लो समय स्थानीय सरकारले सिंहदरबारको सिको गर्दै कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गरेका छन् । अनुदानको रकम आफन्तलाई पोस्न सिंहदरबारको नेतृत्वबीच हानाथाप भएको चर्चा सेलाउन नपाउँदै कतिपय स्थानीय सरकारले त्यसैको सिको गर्दै रकम बाँडेका छन् । रोजगारीका लागि विदेश जान बाध्य युवा पुस्तालाई स्वदेशमै काम गर्न प्रेरित गर्दै कृषि प्रवद्र्धनका लागि भनेर दिइने अनुदानको रकम वास्तविक किसानको हातमा भने पुग्नै सकेको छैन ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका कार्य सम्पन्न भएर देशले गति लिने अवस्था सिर्जना भएको छ । देशका महत्वपूर्ण निकाय नै लागेर गर्नुपर्ने कार्य अब छैनन् । अब बाँकी छ त संसद्मा समितिहरू गठन गर्नेलगायतका कार्य । यो कार्य विशुद्ध रूपमा संसद्को एकाधिकारका रूपमा रहेको छ, अर्थात् यो कार्य गर्न स्वतन्त्र अन्य निकायको प्रत्यक्ष रूपमा सहयोग आवश्यक पर्दैन । समितिहरू गठन गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभा पूर्ण रूपमा सक्षम छन् ।
दाङ जिल्लाका चार क्याम्पसमा स्ववियुको नेतृत्व महिलाले प्राप्त गरेका छन्। तीमध्ये दुई क्याम्पसका पूरै प्यानलमा महिला रहेका छन्। त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका २६ क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछन्। तीमध्ये १९ क्याम्पसमा विद्यार्थी सङ्घसङ्गठनले सहमतिमै नेतृत्व चयन गरेका छन्। बबई गाउँपालिकाको पुरन्धारा बहुमुखी क्याम्पस हंसपुरमा स्ववियु सभापतिसँगै पूरै कार्यसमिति महिलाले प्राप्त गरेका छन्। नेपाल विद्यार्थी सङ्घकी नेता गोमा वली स्ववियु सभापति बन्नुभएको छ।
पूर्वी नवलपरासी जिल्लामा रहेका आठवटा क्याम्पसमध्ये तीनवटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली कलेजमा शान्तिपूर्ण मतदान भएको छ। कुमारवर्ती बहुमुखी क्याम्पसमा ५९१ मतदाता रहेकोमा २८१ मत खसेको छ। मध्यबिन्दु बहुमुखी क्याम्पसमा एक हजार १८४ मतमध्ये ६६३ र देवचुली कलेजमा २८३ मतमध्ये २४० मत खसेको जनाइएको छ।
कुनै समय मुगुलाई उज्यालो बनाएको साना लघु जलविद्युत् आयोजना पेल्ट्रिक सेट मर्मत अभावले कवाडी बन्दै गएको छ । जिल्लामा विद्युत्को माग थेगेको यहाँका चार वटै आयोजना अहिले काम दिने अवस्थामा छैन ।
रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३, ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता लिइरहेको पाइएको हो। पति रामबाबुले आफैँले कागज बनाइदिएर श्रीमती निर्मलालाई एकल महिला भत्ता खुवाएको पाइएको छ।
हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने अभियान सुरु भएको छ। यस वर्षको सुरुवातदेखि डेङ्गु रोगको सङ्क्रमण सुरु भएपछि उपमहानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो। हेटौँडा उपमहानगरपालिकामा गत वैशाख, जेठबाट डेङ्गु रोगको सङ्क्रमण सुरु भएकामा भदौ, असोजमा पुग्दा महामारीको रूप लिएपछि उपमहानगरपालिकाले सतर्कता अपनाउँदै वर्षापूर्व नै लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधि छर्कने अभियान सुरु गरेको जानकारी दिएको छ।
सार्कस्तरीय बालसाहित्य तदर्थ समिति गठन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल–साहित्यकारको एकता, सहकार्य र सार्कस्तरीय बालसाहित्य संस्था बनाउने उद्देश्यले शनिबार तदर्थ समिति गठन गरिएको हो ।