• ११ मंसिर २०८१, मङ्गलबार

युनाइटेड एफए कपको सेमिफाइनलमा

blog

फुलहामविरुद्ध गोल गरेपछि युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत ६ गते । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा नौ खेलाडीमा समेटिएको फुलहामलाई ३–१ गोलले हराउँदै युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले ७५औं र दोस्रो हाफको इन्जुरी समयमा दुई गोल गर्नुभयो । अर्को गोल मार्सेल सवित्जरले ७७औं मिनेटमा थप्नुभएको थियो ।

यसअघि फुलहामका एलेक्सान्डर मित्रोभिचले ५०औं मिनेटमा गरेको सुरुवाती गोल सान्त्वना बन्यो । ७१औं मिनेटमा मार्को सिल्भा तथा ७२औं मिनेटमा विलियमर र अलेकसान्डर मित्रोभिच सोझै रातो कार्ड पाउँदै बाहिरिएपछि फुलहाम नौ खेलाडीमा समेटिएको थियो ।

जसको फाइदा युनाइटेडले भरपुर उठायो । यससँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा युनाइटेडले ब्राइटन र म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडसँग अप्रिल २२ तारिख प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन ३ तारिख हुनेछ । एजेन्सी