• १४ वैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति यादवले लिनुभयाे पद तथा गोपनीयताको शपथ (फोटो फिचरसहित)

blog

राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुहुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव । तस्बिरः केशब गुरुङ्ग

काठमाडौँ, चैत ६ गते । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनुभएको हो । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्री तथा विशिष्ट कर्मचारी र व्यक्तित्वहरुलगायतको उपस्थिति थियो । उपराष्ट्रपति यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे ।