• १३ वैशाख २०८१, बिहिबार

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

blog

फाइल तस्बिर

काठमाडौं, चैत ५ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। 

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ। “पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ”, नेता महतोले भन्नुभयो।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाकोतर्फबाट प्रतिनिधि सभामा चार सांसद हुनुहुन्छ। रासस