संसारमा धेरैजसो मुलुकमा राजनीतिक परिवर्तनअघि शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष भएको हुन्छ । यही सङ्घर्षबाट राजनीतिक परिवर्तन हुन जान्छ । बिनारक्तपात राजनीतिक सत्ता परिवर्तन भएको न्यून सङ्ख्यामा मात्र पाइन्छ । नेपालमा मल्लकालीन, शाहकालीन, राणाकालीन सत्ता परिवर्तनमा पनि रक्तपात भएको इतिहास पाइन्छ । भारतमा पनि सत्ता परिवर्तनका निम्ति ठूलो रक्तपात भएको देखिन्छ । चीनमा पनि सशस्त्र युद्ध नै भएको पाइन्छ । रसियन क्रान्ति, फ्रान्सेली क्रान्ति, बेलायती क्रान्ति, युरोपमा भएका विभिन्न देशको क्रान्ति पनि सशस्त्र युद्धको दर्दनाक अवस्था इतिहासमा अङ्कित छ ।
औपचारिक, अनौपचारिक र अनियमित गरी शिक्षाका तीन किसिमका प्रारूप छन् । प्राणी जगत्मा सिक्ने र सिकाउने सम्पूर्ण कार्य यी तीन प्रारूपबाट नै हुने गर्छ । शिक्षाका थरिथरिका परिभाषा पाइन्छ । पूर्वीय संस्कृतिका महान् दार्शनिक स्वामी विवेकानन्दले मानिसभित्र लुकेर रहेको प्रतिभा उजागर हुने प्रक्रिया नै शिक्षा हो भनेका छन् । शिक्षा बाहिरबाट अप्रत्यासित प्राप्त हुने चिज हैन ।
नेपाल सरकारका खानेपानीमन्त्री अब्दुल खानले नेपालको तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। जनमत पार्टी नेपालगञ्ज उपमहानगरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पानीको सबैभन्दा धनी देशमा नै खानेपानीको समस्या हुनु दुःखद भएको बताउँदै सरकारले स्वच्छ पानी पाउने जनताको अधिकारलाई सुनिश्चित गर्ने स्पष्ट पार्नुभयो।
कपिलवस्तुको जगदीशपुर ताल आगन्तुक चराको प्रमुख आकर्षक गन्तव्य हो। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो। हिउँदे जाडो छल्न आएका चराले तालआसपासको क्षेत्र रमाइलो र मनमोहक देखिन्थ्यो। चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो नै लाग्ने गर्दथ्यो तर अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ। यहाँ कङ्क्रिटको संरचना निर्माण भएसँगै आगन्तुक चराको सङ्ख्या बर्सेनि घट्दै गएको छ।
जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थाल्नुभएको छ । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गर्नुभएकी उहाँले सिकलसेलका बारेमा अनुसन्धान गर्न थाल्नुभएको हो ।
त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृतलगायतका विभिन्न विश्वविद्यालयका क्याम्पस तथा विद्यापीठमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । कतै शान्तिपूर्ण रूपमा मतदानअघिका सम्पूर्ण कार्यक्रम सम्पन्न भए भने कतै विवादका बीच समाधान गरिए । थुप्रै क्याम्पसमा विवाद समाधान हुन नसकेर निर्वाचन स्थगित भएका वा निर्वाचनका लागि अर्को मिति तोकिएका पनि छन् । यद्यपि यसअघि वि.सं. २०६५ मा भएको स्ववियु निर्वाचन १४ वर्षपछि अहिले आएर हुँदै छ ।
भर्खरै सम्पन्न निर्वाचनबाट देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाएको छ । यसलगत्तै अब चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । जसलाई पहिले पहिले मिनी संसद्का रूपमा महत्त्वका साथ चर्चा गरिन्थ्यो । १४ वर्षदेखि नियमित रूपमा हुन नसकेको र एक दशकसम्म ठप्प भएपछि बल्ल हुन लागेको यस निर्वाचनले आमविद्यार्थीवृत्तमा मात्रै हैन, समग्र राजनीतिक क्षेत्रमा सरगर्मी बढाएको छ । मतदानमा तीन लाखभन्दा धेरै विद्यार्थीले भाग लिँदैछन् । त्योभन्दा धेरै सङ्ख्याका लागि
युवालाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वृत्ति मार्ग निर्देशन र रोजगार सूचना मेला आयोजना गरेको छ । मेला शनिबार एक दिन सञ्चालन भएको हो । मेलामा पाँच हजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा)सहित फाराम भरेको तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल खोटाङमा आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ। प्रदेश सरकारले जिल्ला अस्पतालमा निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि पठाएको बजेट कार्यक्रम नै नगरी सकिएको हो। आर्थिक वर्ष २०७९/८० को साउन १ गतेबाट गर्भवती जाँच कार्यक्रमअन्तर्गत गर्भवतीको रगत परीक्षण र भिडियो एक्स–रेलगायतका आवश्यक स्वास्थ्य परीक्षण गराउन प्र्देश स्वास्थ्य मन्त्रालयबाट दस लाख आएको थियो तर अस्पतालले कार्यक्रम नचलाई उक्त बजेटको आठ लाख एक हजार २०१ रुपियाँ खर्च भइसकेको पाइएको हो।
खुला आकाशमा सुत्न बाध्य रौतहटको दलित तथा गरिब समुदायका नागरिकको घरमा छाना छाउने काम सुरु भएपछि उनीहरूमा खुसियाली छाएको छ। रौतहटमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित जनता आवास योजना कार्यक्रमले निर्माण गरेको घरको छाना छाउने कार्य तीव्र रूपमा अघि बढेपछि दलित नागरिकमा खुसी छाएको हो। यसअघि उक्त कार्यक्रमअन्तर्गत बनेका घर छानोविहीन थिए। सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख मदन राय भन्नुहुन्छ,
सिमकोट गाउँपालिकामा साढे १६ हजारभन्दा बढी पशुपन्छीको उपचार गरिएको छ । आठवटै वडामा एक महिनासम्म सञ्चालन गरेको बृहत् खोप कार्यक्रमबाट पशुबस्तुलाई खोप लगाउनुका साथै विभिन्न रोगको उपचार गरिएको हो । गाउँपालिका पशु स्वास्थ्य शाखाका प्राविधिक विष्णु बुमीले एक महिनासम्म सञ्चालन भएको शिविरबाट पशु, कुखुरा र कुकुर गरी १६ हजार ७४० वटालाई खोप लगाएको जानकारी दिनुभयो । यति धेरै परिणाममा पशुपन्छीलाई खोप लगाएको यो पहिलो पटक हो ।
स्वस्थ जीवनयापनका लागि ‘गुणस्तरीय निद्रा’ अपरिहार्य रहेको बताइएको छ। ‘नेप्लिज सोसाइटी अफ स्लिप डिस्अर्डर्स’ले आयोजना गरेको एक कार्यक्रममा चिकित्सकहरूले गुणस्तरीय निद्राले मात्रै स्वस्थ जीवनशैली अपनाउन सकिने बताउनुभएको हो। छाती रोग तथा निद्रा विकार विशेषज्ञ डा. राजु पङ्गेनीले स्वस्थ व्यक्तिका लागि २४ घण्टामा कम्तीमा सातदेखि आठ घण्टा निद्रा आवश्यक रहेको बताउनुभयो। निद्रालाई प्राथमिकता नदिने गरिएको भन्दै उहाँले निद्रा नपुग्दा व्यक्तिको दैनिकी र स्वास्थ्यमा धेरै समस्या पर्ने बताउनुभयो। गुणस्तरीय निद्रा नभएको अवस्थामा विभिन्न दुर्घटना हुन सक्ने उहाँको भनाइ छ।
कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो । महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ ।
नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका सांसद वीरेन्द्रकुमार शर्माले हिजो राजधानीमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभएको छ ।
नेपालमा निर्देशकले आफ्नो निर्देशकीय क्षमताले कुनै पनि गीतको भविष्य परिवर्तन गर्न सक्छन् । नेपालमा गीत अनुसार या भनौ गीत भन्दा राम्रो भिडियो बनाउन सक्ने निर्देशकको संख्या हेर्ने हो भने थोरै मात्रै छन् । यिनै निर्देशकहरुको सूचीमा आफ्नो कामलाई उत्कृष्ट ढंगले पर्दामा उतार्न सक्ने क्षमता भएका अब्बल निर्देशक हुनुहुन्छ विधान कार्की । नेपाली म्युजिक भिडियो निर्देशनमा एक दशक अघि देखि सक्रिय रहनुभएका निर्देशक कार्कीको नाम अग्रस्थानमा स्थापित छ।