• ३१ वैशाख २०८१, सोमबार

कार्की अब्बल निर्देशक

blog

काठमाडौं, चैत ५ गते । नेपालमा निर्देशकले आफ्नो निर्देशकीय क्षमताले कुनै पनि गीतको भविष्य परिवर्तन गर्न सक्छन् । नेपालमा गीत अनुसार या भनौ गीत भन्दा राम्रो भिडियो बनाउन सक्ने निर्देशकको संख्या हेर्ने हो भने थोरै मात्रै छन् । यिनै निर्देशकहरुको सूचीमा आफ्नो कामलाई उत्कृष्ट ढंगले पर्दामा उतार्न सक्ने क्षमता भएका अब्बल निर्देशक हुनुहुन्छ विधान कार्की । नेपाली म्युजिक भिडियो निर्देशनमा एक दशक अघि देखि सक्रिय रहनुभएका निर्देशक कार्कीको नाम  अग्रस्थानमा स्थापित छ।
कार्कीले करिब १०० भन्दा बढी म्युजिक भिडियो र आधा दर्जन छोटा चलचित्रहरुमा उत्कृष्ट निर्देशन गरी व्यवसायिक सफलता हात पार्नुभएको छ । नेपाली म्युजिक भिडियो निर्माणमा नयाँ प्रयोग गर्न सक्ने र त्यसलाई सफल बनाउन सिपालु निर्देशक कार्की नेपाली म्यूजिक भिडियो निर्देशकहरुको एक मात्र संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजक संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ एक कार्यकाल पुरा गरि पुन अध्यक्षको रुपमा यस संस्थाको नेतृत्वमा रहनुभएको छ । नेपाली म्यूजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापना भएको यस संस्थामा हाल १०० बढी सदस्य रहेका छन् । कार्कीको क्षमताले गर्दा उहाँ हाल नेपाली चलचित्रको सर्वोच्च सरकारी संस्था चलचित्र विकास बोर्डको सल्लाकारको रुपमा पनि कार्यरत हुनुहुन्छ ।

उहाँको निर्देशनमा नबोली नबोली, केटो अलि कमाउने होस्, छल छल, मैले बोलेको छैन ढाटेर, आँखामा बसाउ मलाई, मेरो देश नेपाल, काले केटा २, माया नयनी ताल, यस्तो माया, कान्छी मट्याङ ट्याङ, अन्तराष्ट्रिय मान्छे, तिम्रो संसार, मै राम्री, त्यस्तै त्यस्तैमा, पारै मिलेन, भुर भुर पुतली, माकुरी लगायतका गीतहरुको भिडियो नेपालमा सर्वाधिक सफल भएका छन् । उहाँको  भिडियो नबोली नबोली वर्ष २०७७को सर्वाधिक चर्चित र व्यवसायिक रुपमा सफल भिडियो हो । यस भिडियोले सार्वजनिक भएको केही महिनामा आफ्नो लगानीको तेब्बर कमाई गर्न सफल भएको छ ।

निर्देशक कार्कीको निर्देशनमा बनेका छोटा चलचित्रहरु जस्तै जीवन जोबन सगुन, गरीबी, जब एप्लीकेसन, राधिका, छाउपडी, सपना, दाइजो र प्रेम कथा आलोचनात्मक रुपमा प्रशंसित छोटा चलचित्र हुन् । अहिलेका स्थापित कलाकारहरु सुधिर श्रेष्ठ, गरिमा शर्मा, एलिश राई, बिक्रम बुढाथोकी कार्कीले भिडियोमा स्थापित गराएका कलाकार हुन् । कार्कीले आफ्नो निर्देशन यात्रामा थुप्रै नयाँ कलाकारहरुलाई ब्रेक दिइसक्नुभएको छ । कोविड १९ ले आक्रान्त पारेको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन निर्देशक कार्कीले अहम भूमिका निर्वाह खेल्नुभएको छ । उहाँका धेरै जसो भिडियोहरु युटूब ट्रेंडिंगको शिर्ष स्थानमा आएका थिए । जसले मिलियन बढी भ्युज पाएका छन् ।