अतिसङ्कटापन्न खरमजुर नेपालबाट लोप हुने खतरा बढेको छ। यो चराको सङ्ख्या वृद्धि हुन नसकी घट्दै गएकाले लोप हुने खतरा बढेको हो। नेपालमा एक सयभन्दा कम सङ्ख्या रहेको खरमजुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र चितवन नेसनल पार्कमा रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा खरमजुर रहेको भनिए पनि केही वर्षदेखि फेला नपरेको बताइन्छ।
स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।
ऋण लिनु कसैको रहर हुँदैन। बाध्यतावश ऋण लिनुपर्ने अवस्था आइपर्छ र एउटा समाजमा चलिआएको लेनदेन व्यवहार पनि हो। समाजकै लेनदेन व्यवहार भए पनि गाउँसमाजमा साहुसँग ऋण लिनुपर्ने अवस्था कहालीलाग्दो नै हुन्छ। व्यक्तिगत रूपमा साहुसँग लिइने ऋणमा मिटर घुमेजस्तो ब्याज घुम्ने भएकाले यसलाई चलनचल्तीको भाषामा मिटरब्याजी ऋण भन्ने गरिन्छ। यही कहालीलाग्दो अवस्थाको प्रतिनिधित्व गर्दै पूर्वी तराईका सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाका प्रतिनिधि पात्रहरू राजधानी काठमाडौँमा आफ्ना दुःख, पीडा व्यक्त गर्न बर्दिवासबाट पैदलै आइपुगेका छन्। कुल ९० जनाको यस प्रतिनिधि समूहमा दूधे बालकसहि
संसद्बाट सङ्घीय निजामती सेवा ऐन पारित गर्ने विषयले प्राथमिकता पाउने देखिएको छ। निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उमेर ५८ वर्ष नै उपयुक्त हो वा यसमा परिवर्तन गर्नुपर्ने हो भन्ने विषयमा संसद्ले निर्णय दिनुपर्ने अवस्था छ। नेपालको निजामती सेवामा लामो समयदेखि ६० वर्षको उमेरलाई नै अनिवार्य अवकाश पाउने उमेर तोकिए
अभिशप्त सङ्क्रमित हातहरू कतै एड्स कतै स्वाइनफ्लुका किटाणु
नागरिकले राज्यबाट पाउने सार्वजनिक हितका सेवा नै सार्वजनिक सेवा हुन्। नागरिकले जति सहज, सुलभ र प्रभावकारी ढङ्गबाट सेवा पाउन सक्छन् त्यति नै सरकारप्रति विश्वास बढाउँछन्। सार्वजनिक प्रशासनको मियोको रूपमा रहेको निजामती प्रशासनले अपनाउने कार्यशैली र बहन गर्ने जवाफदेहिताले सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयतामा अहम् भूमिका खेल्छ। यसका लागि उत्प्रेरित र उच्च मनोबल साथ काम गर्ने कर्मचारी जरुरी हुन्छ। सेवा प्रवाहमा प्रक्रिया लामो भयो, सेवा पाउने सुनिश्चितता भएन, सेवा लिन प्रणालीभन्दा पनि पहुँचले बाहुल्यता पायो, सेवामुखी संस्कार छैन, सेवा प्रवाहमा नवीनतम प्रविधि अनुसरण भएका
गर्जिरहेछन् वर्षाका बादलझैँ मेरा नलेखिएका कविताहरू ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाका क्षेत्रमा लगानी गर्नु भनेको देशको समृद्धि चाहनु रहेको बताउनुभएको छ ।
यस जिल्लाको पश्चिम भेगमा जाने मुख्य सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडक जीर्ण बन्दै गएको छ। सात वर्षदेखि सडकको मर्मत तथा सुधार हुन नसक्दा ३० किलोमिटर सडकको अवस्था नाजुक बनेको हो। लुम्बिनी प्रदेश सरकारले मर्मत सुधारमा ध्यान नदिँदा सडक अहिले धुलाम्मे बनेको छ। बर्सातको समयमा हिलाम्मे बनेर हिँड्नै नसकिने अवस्था आउने गरेको छ। तत्कालीन जिल्ला विकास समितिले डेढ दशकअघि उक्त सडक ओटासिल गरिएको थियो।
दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे ।
नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुमा ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’ आयोजना गरिएको छ।
देशमा रहेका विभिन्न शक्तिपीठमा महिलाको प्रवेशमा रोक लगाउने गरिएको कमै सुन्ने गरिएको छ तर कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशको कुलदेवता आलमदेवी मन्दिरमा भने ठकुरी परिवारका महिलाबाहेक अरूलाई प्रवेशमा रोक लगाउने गरिएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । स्वदेशी अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने उहाँको भनाइ छ । विभिन्न १९ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीसँगको मङ्गलबारको भेटमा उहाँले विभिन्न मुलुकसँग सहकार्य गरेर आर्थिक विकासमा फड्को मार्नुपर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवद्र्धन तथा आर्थिक कूटनीतिका क्षेत्रमा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको क्षमता, अनुभव तथा सञ्जाललाई उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले थोरै बजेट र टुक्रे योजना निरुत्साही गर्ने प्रयास गरेको बताउनुभएको छ। मङ्गलबार बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको भनी प्रदेश सरकार आलोचित बन्दै आएको बताउनुभयो।