• १५ चैत २०८०, बिहिबार

अभिशप्त सङ्क्रमित हातहरू (कविता)

blog

अभिशप्त सङ्क्रमित हातहरू

कतै एड्स कतै स्वाइनफ्लुका किटाणु

बजारका छाडा साँढेहरू

ठाउँ कुठाउँ भुस्याहा कुकुरहरू

जीवाणुका अवशेषहरू

पैmलाइरहेछ जीवाणुहरू

फैलिरहेछ भ्रूण हत्याहरू

अभिशप्त सङ्क्रमित हातहरू

कतै जुठेल्नाका जुकाहरू

भोजन नलीका वरपर

दूषित पानीका नाला साफ गरिरहेछ

पाकशालामा मैला हातहरू

सङ्क्रमित हातहरू साफ गरिरहेछ

दैनिक आहार मीठो स्वाद पस्कन्छ

यता बजार सबथोक चमक–धमक

पाँचतारे होटल जुठेल्ना पस्कन्छ

सङ्क्रमित अभिशप्त हातका खेलौना

रोजका खेल रातारात उलटफेर

बजारका तरकारी विषाणुयुक्त

मिनरल वाटर गड्डाको पानी

खानेतेल साबुनको झोल

गाईको दूध सोडाको सर्पm

यी अभिशप्त सङ्क्रमित हातहरू

हाम्रा रोजमर्राका दिनचर्या

धमाधम रोग सङ्क्रमित पैmलाइरहेछ

सङ्क्रमित मुनाफाखोर

मरेका खसीबाख्रा कुखुराका

मासु बेचिरहेछ

दाल चामल चिनी मसला

रङ्ग विरङ्गी रङ्गहरूका दुरुस्त फोटोकपी

अब जमाना गयो, ती दिनहरू

अब जमाना आयो यी दिनहरू

अभिशप्त सङ्क्रमित हातहरू

मलका सो रुमहरूमा

सजावटका वस्तु भएका छन्

सब चीज पारदर्शी आँखामा

दोषी चस्माको भ्रम पालिरहेछ । 

धरान