सात दिनअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा देवचुली नगरपालिकाकी महिला वडा सदस्यसहित आठ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।
नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको गतिहीनताले समग्र सांसदमाथि प्रश्न उठेको बताउनुभएको छ।
फिल्म 'कैदीको पत्र’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतीक्षा गर्ने भएको छ।
सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ ।
प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानुन संसद्को यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराध मात्रै नभई सामाजिक अपराध भएको बताउनु भएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनलाई समयानुकूल प्रविधियुक्त बनाएर सेवाग्राहीका लागि सहज र सरल बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्य मनिष झाले मिटरब्याज पीडितको माग सम्बोधन गर्न स्थानीय प्रशासनले आवश्यक समन्वय नगरेको बताउनु भएको छ।
झापाको सीमा क्षेत्र तथा दक्षिण विभिन्न पालिकाहरूमा अवैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ ।
हिन्दुहरूका लागि जेठो पर्वको रूपमा मानिने चैते दशैंको अवसरमा डोल्पाको त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेला लागेको छ ।
मधेश प्रदेश सरकारले रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा उल्लेख भए अनुसार १६ गते बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको लासको पहिचान भएको छ । लास भएको आशङ्का गरिएका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लासको पहिचान खुलेको हो ।