• ८ जेठ २०८१, मङ्गलबार

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

blog

काठमाडौँ,  चैत  १५ गते । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भई केन्द्रबिन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । रासस