सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाजका लागि स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ मन्त्रालयमा नै फर्काउने गरिएको छ। आर्थिक वर्षको मध्यमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्दा योजना कार्यान्वयन गर्न, भुक्तानी दिन र सेवा प्रवाहमा समेत समस्या पर्ने भन्दै स्थानीय तहले मन्त्रालयद्वारा पठाइएका कर्मचारीलाई हाजिर नगराइ पुनः मन्त्रालयमा फिर्ता पठाउने गरेको पाइएको छ। पछिल्लो समय ३० वटा स्थानीय तहले कर्मचारीलाई हाजिर नगराइ पुनः मन्त्रालयमा नै फिर्ता पठाएका छन्।
सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिनुभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित भएसँगै जिल्लाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिनुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको प्याराग्लाइडिङ उडान रोकिरहँदा उच्चस्तरकी पाहुना अल्थानीले चैत ५ देखि ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भीरकोटले सार्वजनिक गरेसँगै सार्वजनिक भएको हो ।
सरकारले बुधवार (आज)देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।
नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नुभएको हो ।
काठमाडौं, चैत १४ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेल रोचक बनेको छ । दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गरेका हुन् । नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रममाथि छलफल भएको छ।
काठमाडौं, चैत १४ गते। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो।“धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ”, मन्त्री मोदीले भन्नुभयो।मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुने बताउनुभयो। “संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसदको यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ”, उहाँले भन्नुभयो। मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको समेत बताउनुभयो। “सबैका सुझाव, सल्लाह लिएर सबैका भावना समेटेर ऐन ल्याउनुपर्छ भन्ने हिसाबले मैले सबै सरोकारवालासँग छलफल पनि गरेँ, अहिले ऐन अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो।मन्त्री मोदीले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएको समेत बताउनुभएको छ। आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताउँदै उहाँले भन्नुभयो, “अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरुलाई पनि हामी हटाइरहेका छौँ।”मन्त्री मोदीले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत सञ्चारकर्मीहरुको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।
अविनाश चौधरीधनगढी, चैत १४ गते। आयुष श्रेष्ठको ह्याट्रिक सहयोगमा आयोजक सुदूरपश्चिम-११ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आज भएको क्वार्टर फाइनल खेलमा नेपाल पुलिस क्बललाई ४-० गोल अन्तरको लज्जास्पद हार चखाउँदै घरेलु टोली सेमिफाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमको रवाफिलो जितमा श्रेष्ठले ह्याट्रिक पूरा गर्नुभयो। उहाँले पहिलो हाफको ३० औं र दोस्रो हाफको ५१ औं, ६३ औं मिनेटमा गोल गर्नुभयो। उहाँ प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो। सुदूरपश्चिमले अग्रता भने स्वामी हार्दिकको गोलबाट लिएको थियो। उहाँले खेल सुरु भएको पाँच मिनेटमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाउनु भएको थियो। खेलमा नेपाल पुलिसले थुप्रै अवसर पाए पनि गोल गर्न नसक्दा लज्जास्पद हार व्यहोर्यो। सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अब थ्रीस्टारको सामना गर्नेछ। चैत १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले २१ लाख रुपियाँ र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
सवारी साधन व्यवस्थापन गर्न माग गर्दै कलैया भरत चोकका व्यापारीहरुले माग गरेका छन् ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट आज सशस्त्र प्रहरीले करीब एक लाख ६० हजार रुपियाँ बराबरको चोरी पैठारीका लत्ता कपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु भएको खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको छ ।
घाइतेमध्ये आठ जना प्रदर्शनकारी र ६ जना प्रहरी गम्भीर घाइते भएका छन्।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा अहिले नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।