• १० पुस २०८१, बुधबार

अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न माग

blog

अव्यस्थितरुपमा पाकिङ्ग गरी राखिएका सवारीसाधन । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, चैत्र १४ गते । सवारी साधन व्यवस्थापन गर्न माग गर्दै कलैया भरत चोकका व्यापारीहरुले माग गरेका छन् । सवारीसाधानहरुको अव्यवस्थित पार्किङ्गका कारण व्यापार व्यवसाय सञ्चालन गर्न तथा ग्राहकहरुलाई आवत जावत समस्या हुने गरेको उनीहरुले गुनासो गरेका छन् ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको भरत चोकमा अटो, मोटरसाइकल तथा गाडीहरु अव्यवस्थितरुपमा जताततै पार्किङ्ग गर्दा भरतचोकमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । 

पसलमा आउने ग्राहकहरुलाई सास्ती खेप्नु परेको तथा पसलको अगाडि जाम गरेर लगाइएको सवारीले व्यापार गर्नसमेत कठिन भएको शर्मा इलोक्ट्रोनिक्सका सञ्चालन गणेश ठाकुरले जानकारी दिनुभयो ।

भरत चोक वरपर गाडीहरुको जाम लाग्ने गरेको छ, नरेश जेनरल स्टोर्सका सञ्चालक नरेश गुप्ताले भन्नुभयो, गाडीहरु पार्किङ्ग गरेर पसलको बाटो नै बन्द गरिदिन्छन् । दिनहुँ जसो पार्किङ्ग गर्ने सवारीसाधनका चालकहरुसँग झै–झगडा पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

पैदल आफ्नो गन्तव्यमा जाने यात्रीहरुले झन सास्ती खेप्नु परेको छ । सवारी साधनहरुको व्यवस्थापन गर्न पटक–पटक कलैया उपमहानगरपालिका मौखिकरुपमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको गुप्ताले बताउनुभयो । 

मौखिक रुपमा सवारीसाधन व्यवस्थापनको बारेमा पटक–पटक सुनुवाइ नहुँदा लिखितरुपमै कलैया उपमहानगपालिकालाई ध्यानाकर्षण गराइएको छ ।

अव्यवस्थित अटो पार्किङ्ग, सर्वसाधारणलाई सहजरुपमा आवतजावत तथा व्यापार व्यवसायमा संचालन गर्न अधिकारको सु्निश्चितताका लागि अव्यवस्थित सवारी पार्किङ्ग समस्या समाधान गर्न गराउन कलैया उपमहानगरपालिकासँग व्यापारीहरुले माग गरेका छन् ।

व्यवसाय सञ्चालकहरुले लिखितरुपमा सवारी पार्किङ्गको माग गर्दै कलैया उपमहानगपालिकाका लिखित निवेदन दिएका छन् । 

अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाका प्रहरी नायब निरीक्षक संजिव कुमार झा र नगरप्रमुख बिनोद साहलाई अव्यवस्थित पार्किङ्ग रोक्न पटक–पटक मौखिक जानकारी र लिखित निवेदन पालिकामा दिएको महावीर कुमार गुप्ताले जानकारी दिनुभयो । 

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले मूल सडकमा जथाभावी पाकिङ्ग नगर्न पटक–पटक आग्रह गर्दा पनि उनीहरुले नमाने पछि टेम्पु, ई–रिक्सा र मोटरसाईकललाई करिब एक सातादेखि नगरप्रहरीले नियन्त्रणमा लिएर एक सयदेखि रु.दुई सयसम्म जरिवाना गर्ने कार्य जारी राखेको बताउनु भयो ।