बाँके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
एक दशक अघिदेखि निर्माणको चर्चा भएको र ५ वर्षअघि शिलान्यास भएको दक्षिण एशियाकै सबैभन्दा ठुलो भनिएको ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ अहिलेसम्म बन्न नसकेको बिषयमा स्थानीयहरुले प्रश्न उठाउनु भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताउनुभएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -९, स्थित सेताम्मे हिउँको बिचमा देखिएको रानीपौवा बजार र पृष्ठभूमिमा सुन्दर हिमशृङ्खला ।
ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली भेगमा पाइने दुर्लभ प्रजाति केन्जो फुलको प्रचारप्रसार तथा संरक्षणका लागि प्रतिमा निर्माण गरिएको हो ।
आगामी साता हुन गइरहेको बङ्गलादेशको आम निर्वाचनले छिमेकी भारतसँगको सम्बन्धलाई पुनः परीक्षण गर्ने र चीनको प्रभावलाई थप सुदृढ बनाउने सङ्केत देखिएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको नेपालले पहिले बलिङ गर्दैछ । नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका ४५ वटै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त गर्दै आइतबार संसदीय निर्वाचनको मतदान सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको छैटौं अर्थात बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा आइतबारराति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो ।