फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।
सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार आयोजित विशेष समारोहबिच ‘प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशा’ विषयक दुईदिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” शुभारम्भ भएको छ।
पोखरामा माघ २७ गतेबाट सुरु हुने आहा रारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका-३, श्रीकोटको घोणेधार भन्ने स्थानमा इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता, पुराना अनुभवी राजनीतिज्ञ र नयाँ शक्तिको उदयले यस क्षेत्रको प्रतिस्पर्धालाई चतुष्कोणीय र रोचक बनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
म्याग्दी जिल्लामा ९२३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिइने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लमजुङमा स्वयंसेवकसहित एक हजार ७५० कर्मचारी खटाइने भएको छ ।
स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सुनसरीका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि चुनावी सरगर्मी बढेको छ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्याङ्जामा एक हजार ७९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी फागुन ४ र ५ गते दुई दिन चल्ने अभियान मार्फत किशोरीलाई खोप लगाइने छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा–लहानले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बढ्दो व्यापार घाटा रोक्ने विषयलाई प्राथमिकतामा राखी राजनीतिक दलका घोषणापत्रमा समेट्न माग गरेको छ।
स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।