• २५ माघ २०८२, आइतबार

सुनचाँदीको मूल्य पुनः वृद्धि

blog

काठमाडौँ, माघ २५ गते । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १० कायम भएको छ ।

शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी चार हजार ९८० मा खरिदबिक्री भएको थियो ।

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी पाँच हजार ३३५ मा किनबेच  भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस