• २५ माघ २०८२, आइतबार

स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

blog

मृतक राजन बास्कोटा

लीलाराज खड्का 
बिर्तामोड, माघ २५ गते ।
स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको बास्कोटाको बि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा शनिबार राति ९ः१० बजे मृत्यु भएको हो ।

माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा ३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प. १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । स्कुटर चालक इलाम, माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।