• २५ माघ २०८२, आइतबार

प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य

blog

सुदूरपश्चिम प्रदेश सभा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ २५ गते । सुदूरपश्चिम प्रदेश सभाको छैटौं अर्थात बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा आइतबारराति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो । 

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुख नजिर मियाँबाट प्राप्त भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदेश सभा भवन जलाइएपछि केही महिनासम्म प्रदेश सभा सञ्चालन हुन सकेको थिएन । प्रदेश सभाको बैठक सञ्चालन भएपछि चालु अधिवेशन अन्त्य गरिएको छ । गएको जेठ ११ गतेबाट प्रदेश सभाको छैटौं अधिवेशन सुरु भएको थियो ।