इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए ।
प्युठानमा २८ औं राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ
पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।
र्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस सन्दिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ ।
बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।
दुवै मिर्गौलाले काम नदिने अवस्थामा पुगेपछि जीवन मरणको अवस्थामा पुगेका युवराज महते आफ्नो जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् । कलिलै उमेरमा मिर्गौलाले काम गर्न छाडेदेखि ३ वर्ष देखि निरन्तर डाइलोसिस गर्दै आएका उहाँ रकम अभावले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताउनुभयो ।
पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।
पाँचथर–फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सञ्चालन भएको पालिका स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का कार्यकर्ता जाजरकोटको माथिल्लो थाप्लेस्थित भूकम्पपीडितका भत्किएका घर व्यवस्थापन तथा अस्थायी टहरा निर्माणमा खटिएका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य डम्बरबहादुर सिंहका अनुसार एमाले केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा माथिल्लो थाप्लेमा ७५ जना स्वयम्सेवक परिचालन गरिएको छ । स्वयम्सेवकले हेल्मेट, ज्याकेट, पन्जा जस्ता सुरक्षा सामग्री प्रयोग गरेका छन् । उनीहरूले भूकम्पले भत्किएका सरकारी कार्यालयका ढुङ्गा, माटो र काठहरू पन्छाउने काममा लागिपरेका छन् ।
झापाका सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिराटनगबाट पक्राउ परेका छन् ।
सिमकोट गाउँपालिका–७ का जगत शाही ३७ वर्षदेखि भेडी गोठालोका रूपमा काम गर्दै आउनुभएको छ । ५४ वर्षका शाहीले १७ वर्षको उमेरमा भेडी गोठालोको काम थाल्नुभएको थियो ।उच्च पाटनमा पालनका लागि राखिँदै आएका भेडी गोठ फेदीतर्फ झार्दै गर्दा भेटिएका शाहीले भन्नुभयो, “जीवनको अधिकांश समय भेडी धपाउँदै बित्यो ।”
सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । सडक र मोटरेबल पुलको निर्माण कार्य अलपत्र पर्दा यहाँका स्थानीयले अनावश्यक सास्ती भोग्दै आएका छन् । ऐतिहासिक त्रिवेणीधाम, डिलासैनी मन्दिर र राताशिला क्षेत्र ओझेलमा परेका छन् ।
बाजुराको बुढीगङ्गा नगरपालिका–२, पहिरोको जोखिम रहेको बजेडी बस्तीमा पूर्वसूचना दिन मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्ने गरेकाले स्थानीयलाई पहिरो आएको पूर्वजानकारी दिन मेसिन (साइरन) जडान गरिएको हो ।