ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । पाँच वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । समयमै पुल निर्माण नहुँदा करिब ६०० जनसङ्ख्या प्रभावित भएका छन् ।
पूर्वी नवलपरासी जिल्लाको पहाडी गाउँपालिका जोड्ने दलदले धौवादी सडक निर्माण सुरु भएको ३५ वर्ष बितेको छ तर यो सडक स्तरोन्नति हुने छाँटकाँट देखिँदैन । यत्तिका वर्ष बित्दा पनि सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई निकै सास्ती भोग्नु परेको छ। यो सडक भएर यात्रा गर्नेले बर्सेनि सास्ती र हैरानी खेप्दै आएका छन् । स्तरोन्नतिका लागि केही काम भए पनि वर्षाको बेला आउने पहिरोले सडक जस्ताको तस्तै बनाइदिने गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो।
दाङको राप्ती गाउँपालिकाका राजकुमारी चौधरीमा सानैदेखि खुट्टा दुख्ने समस्या थियो । सिकलसेल एनिमिया रोग भन्ने चौधरीलाई थाहा थिएन । उपचारको लामो प्रक्रियापछि सिकलसेल एनिमिया रोग भएको चौधरीले थाहा पाए । उहाँले त्यस बेलासम्म उपचारमा १५ लाख बढी खर्च गरिसक्नुभएको थियो ।
देशकै पहिलो होमस्टे सिरुबारी र धार्मिक पात्र श्रवण कुमारलाई राजा दशरथले वाण हानेको स्थललगायत चर्चित पर्यटकीयस्थल आँधीखोला गाउँपालिकामा नै रहेका छन् । सो पालिकाले उक्त क्षेत्रको विकाससँगै थप पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्धन गर्न गुरुयोजना तयार पारेको छ । पालिकाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न यस्तो योजनासहितको सक्रियता देखाएको छ । पछिल्लो समय आँधीखोला–१, माझुभन्ज्याङलाई नयाँ पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार विकासको काम तीव्र पारिएको छ ।
पर्वतको कुस्मा नगरपालिकाका एक कृषक हजुरबाको पालादेखि सुरु गरिएको रैथाने भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदै आएका छन् । कुनै बेला पैसा कमाउन खाडी मुलुक कतार र भारतको पन्जाब पुगेर दुःख गरेका ४७ वर्षे कृष्ण पौडेल अहिले गाउँघरमै खुसी छन् । कुस्मा नगरपालिका–१२ मा पर्ने ठुलीपोखरी गाउँमा अहिले पनि युवा कामको खोजीमा खाडी र भारतको मद्रासतिर जाने गर्छन् । कृषक पौडेल भने भेडापालन र खेतीपातीबाट मासिक ६० हजार कमाइ गरी गाउँघरमै रमाएर बस्नुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धानबिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो ।
सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । आयोगले ईश्वरपुर र हरिवन नगरपालिकामा २५ जना भूमिहीनलाई लालपुर्जा वितरण गरी यस कार्यको शुभारम्भ गरेको हो । आयोगको सर्लाही जिल्ला समितिका प्रवक्ता मदनबहादुर विश्वकर्माले मधेश प्रदेशमै पहिलो पटक आयोगले यहाँबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्न सुरु गरेको दाबी गर्नुभयो ।
गोरखापत्र राष्ट्रिय दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको छ । लोक आस्थाको महापर्व छठको अवसरमा बज्जिका साहित्य सङ्गम रौतहटले गौरमा मिश्रलाई सम्मान गरेको हो । गौर नगरपालिका–२ का पूर्ववडाध्यक्ष राकेशकुमार झाले मिश्रलाई फूलमाला, अबिर र दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा दुई कार्यकाल अध्यक्षसमेत रहनुभएका मिश्रलाई रौतहटको पत्रकारिता क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान रहेको तथा बज्जिका भाषा विकासका लागि लामो समयदेखि कलम चलाइरहेकाले सम्मान गरिएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ । २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल यस क्षेत्रको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्छ । फुटपाथसमेत ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको यो पुल पिल्लर उठाएर छोडिएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउन सुरु गरेको साढे तीन वर्षभन्दा बढी समय भइसक्यो तर लामो समयदेखि काम रोकिँदा अहिले उक्त अस्पताल भवन निर्माण सम्पन्न भएको छैन । गुणस्तरीय सेवा दिनका लागि गाउँपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माणको काम सुरु गरेको थियो । खाँडादेवी गाउँपालिका–५, पकरबासस्थित सुलिथम्का सामुदायिक वनमा आत्रिया शिवको बस्नेत जेभीले तीन करोड ७२ लाख रुपियाँमा साढे तीन वर्षअघि नै खाँडादेवी अस्पतालको भवन निर्माण सुरु गरेको थियो । तोकिएको समयमा अस्पताल भवन नबन्दा यहाँका नागरिकले स्तरीय स्वास्थ्य सेवा लिन पाएका छैनन् जसले गर्दा उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँलगायतका अस्पतालमा जान बाध्य छन् ।
सूचना प्रविधिको तीव्रतर विकासका कारण सिनेमा भवनहरू भत्काएर व्यापारिक भवनहरू बनाइएका छन् । ठुलो पर्दा (स्क्रिन) मा सिनेमा हेर्न नपर्ने गरी हातको मोबाइलमै सिनेमा हेर्न मात्र होइन, आफैँले बनाउन सक्ने अवसर दुनियाँले पाएको छ । अनेकौँ मोबाइल एप्स विकास गरी मानिसलाई सूचना, शिक्षा, मनोरञ्जन, आर्थिक अवसर उपलब्ध भएका छन् । मोबाइलमा दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ । विश्वको जुनसुकै कुनादेखि विषयगत जानकारी तत्का
नेपालको संविधानले पूर्ण वाक् स्वतन्त्रता र सूचनाको हक प्रदान गरेको छ । वाक् स्वतन्त्रता र सूचनाको हक सदुपयोग गर्नु सबै व्यक्तिको अधिकार र कर्तव्य हो । पहिला पहिलाको संविधानले पूर्ण रूपमा वाक् स्वतन्त्रता दिएको थिएन । वाक् स्वतन्त्रताका सर्त बन्देजसहित थिए । सूचनाको हकको पनि खासै अभ्यास थिएन । यसमा पनि सर्त र प्रतिबन्ध थिए । अहिले सूचना आयोगकै व्यवस्था गरेर सूचनाको हक स्थापित र अभ्यास गरिएको छ । वाक् स्वतन्त्रतालाई पनि बिना सर्त बन्देज प्रदान ग
अहिंसा, पवित्रता र आस्थाको पर्व छठ नेपालको मौलिक पर्व हो । नेपालमा उद्भव भएर विश्वका विभिन्न देशका हिन्दु समुदायका साथै अन्य धर्मावलम्बीले समेत मनाउन थालेको छठको कुनै शास्त्रीय आधार देखिँदैन । कुनै पनि शास्त्र वा ग्रन्थले छठपर्व र छठीमाईबारे स्पष्ट रूपमा चर्चा गरेको पाइँदैन । यद्यपि महाभारतकालमा गुप्तवास सफल पार्ने कामनासहित पहिलो पटक द्रौपदीले छठको कठोर व्रत गरेको र अज्ञातवास सफल भएको भन्ने कथन पाइन्छ । द्रौपदीले पहिलोचोटि छठ व्रत गरेको स्थान नेपालकै मधेश प्रदेशको रौतहटमा अवस्थित गढीमाई नगरपालिकाको समनपुर हो भन्ने मान्यता छ । वनवासको
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो ।
नेपाल दैवी विपत्तिले बारम्बार आक्रमण गर्ने मुलुकमध्येमा एक हो । कहिले बाढीपहिरो, कहिले आगलागी त कहिले भुइँचालो जस्ता विपत्को सामना नेपाल र नेपालीले गर्नु परिरहेको छ । सबै खाले विपत्तिमा जन र धन ठुलो मात्रामा गुमाउने गरेका कारण नेपालीको मनमस्तिष्कमा आघात र पीडाले वास गरेको छ । यिनै विपत्का कारण पारिवारिक, आर्थिक, सामाजिक र सांस्कृतिक पीडाको व्यूहमा घेरिएर मुलुकले प्रगति गर्न बाधा परिरहेको छ । जे जस्तो बाध्यता आइपरे पनि त्यसको सामना गरेर अगाडि बढ्नु