सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराई बासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
हात्ती आइ मचरकाइ लइग्यो, लालाझाडीका केला । तेरो मेरो भेट होला कि, कठै त्रिपुरा सुन्दरीका मेला ।। नेपालीहरूले दुई महान् चाड दसैँ र तिहार मनाइसकेका छन् । तराईमा बस्ने मुख्य गरेर मैथलीबासीले धूमधामका साथ छठपर्व पनि मनाउँदै छन् । पानीका मुहानहरू सफा गरेर तन, मन, धनले श्रद्धापू
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
स्थानीयको अवरोधका कारण लामो समयदेखि निर्माण अवरुद्ध हुँदै आएको लप्सीफेदी सबस्टेसन निर्माणका स्थानीयले पुनः अवरोध सिर्जना गरेका छन् । आवश्यक सुरक्षा प्रबन्धका लागि सरकारले सुरक्षा पोस्ट स्थापना गर्ने क्रममा आक्रमणसमेत गरेका छन् । जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो ।
स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नं.१ खहरे स्थित भित्री सडकमा लु १ ह ३६८६ नम्बरको अटो रिक्सा शनिवार साँझ दुर्घटनामा परेको हो । वालिङबाट खहरे तर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकमा नै दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । उहाँले थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु भएको छ । पौराणिक कालदेखि लाग्दै आएको कात्तिके मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।
मकवानपुरको थाहा नगरमा आगामी ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिभल–२०२३ को तयारी तीव्र बनाइएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको प्रचारप्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो ।
पाँच महिनापछि फेरि चिनियाँ खेलाडीहरू विमान चार्टर गरी पोखरा आउँदै छन् । यही मङ्सिर ९ गते हुने पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाल र चीनका धावक एकसाथ दौडिन लागेका हुन् ।
मुलुकबाट वार्षिक १२ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामानको निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो । नेपाल हस्तकला महासङ्घका अनुसार हस्तकलाका सामान विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छ । १२ अर्ब रुपियाँ बराबरको सामान भने आन्तरिक बजारमा खपत हुने गरेको महासङ्घको तथ्याङ्क छ ।
बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो तर कात्तिक २४ गते शुव्रmबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् । चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।