कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गर्नुभएको हो।
नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनलले चेल्सीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोलले हरायो ।
सरकारले वैशाख २४ गतेका लागि संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको सचिवालयले जनाएको छ ।
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० गोलले हरायो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले बुधबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सञ्चारकर्मी र अन्य नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
सोभियत सङ्घले सन् १९६२ अक्टोबरमा क्युबाली धर्तीमा परमाणु क्षेप्यास्त्र तैनाथ गर्न लागेको विषयलाई लिएर विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र सोभियत सङ्घ आमुन्नेसामुन्ने भएका थिए ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट –२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास आदि बुझिन्छ । गेडागुडीमा धेरै मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यिनलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ ।