प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ।
मंगलबार पुँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।
दैनिक हर्जाना लगाएर समेत काम सुरु गराउँदा पनि सन्तोषजनक निर्माण कार्य अघि नबढेपछि बाँकेको खजुरामा निर्माणाधीन चार लेन सडकको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढेको छ ।
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।
दोस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको आर्थिक अवस्था सुधार्नेतर्फ काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।
स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको छ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाई कटाई तालिमका सहभागी महिलाले सिलाई मेशिनलगायतका उपकरणका लागि २० प्रतिशत लगानी गर्न नमानेपछि समस्या देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ ।
आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ ।