प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ। रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण थालिएको छ ।
कृषकहरूको आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षण बढ्दै गएको छ । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्नेहरूको आभाव हुन थालेपछि जिल्लाका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् ।
फ्रान्सले युरो कप छनोट २०२४ मा जिब्राल्टरविरुद्ध गोल वर्षा गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो ।
धरान उपमहानगरपालिकाको वडा २० मा रहेको सर्दुखर्दु खोलाको छेउमा श्रमदान र सहयोगमा पार्कमा निर्माण भएसँगै आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ।
काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आइतबार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको स्वाँतखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । पुल निर्माणसँगै एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ ।
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा चार दिनसम्म चल्नेछ ।
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ ।
संरक्षण गर्न निर्माण भएका चरा आरक्षमा चरा असुरक्षित भएका छन् । कपिलवस्तुको कपिलवस्तु नगरपालिका –९ जगदीशपुर ताल (चरा आरक्ष) मा स्टिमर चल्न लागेपछि चरा सङ्कटमा परेका हुन् ।
बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता प्रक्रियालाई थप गति दिइने भएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित बाल्देन माध्यमिक विद्यालयको एकैपटक दुईवटा पक्की भवन निर्माण गरिएको छ ।
नेपाल र चीनको यारी भन्सार कार्यालयका लागि कर्मचारी अभाव देखिएको छ। भन्सार विभागले आवश्यक दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गर्न नसक्दा कर्मचारीको अभाव देखिएको हो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास र साझा अभिभावक भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई अपहेलना गर्नेविरुद्ध खबरदारी गर्नुपर्ने जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो ।