गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको बताउनुभएको छ। बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेले मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै भएकाले शान्तिका लागि नै कर्म गर्नुपर्ने धारणा राख्नुभयो। गौतम बुद्धको शान्तिमार्गको दर्शन विश्वभर फैलिएको चर्चा गर्दै मानव कल्याणका लागि शान्ति, सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
कालाकाटे–गढवा सडकखण्डमा कालोपत्रेका लागि पुरानो कालोपत्रे उप्काएर त्यसै छाडिएपछि स्थानीय बासिन्दा र यात्रु सास्ती खेपिरहेका छन् । सडकको ढुङ्गा उछिट्टिएर आँगनसम्म आइपुग्छ । धुलो भान्सा कोठासम्म पुग्छ । गढवा–कालाकाटे सडकखण्डको छेउमा घर हुनेहरू अहिले झनै समस्यामा छन् । गढवा गाउँपालिका–१, कुलापानीका नवराज शर्माले सडकमा आवतजावत गर्नेदेखि स्थानीयलाई समस्या रहेको बताउनुभयो ।
उत्तरी मोरङको लेटाङ नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण नगरपालिका हो । गुराँस फुल्ने डाँडादेखि साल फुल्ने समथर भूभाग रहेको लेटाङ नगरपालिकाले पर्यटन र कृषि उत्पादनका माध्यमले आर्थिक समृद्धि खोजिरहेको छ । यस नगरपालिकाका सम्भावना र चुनौतीबारे लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । लेटाङ नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि यो डेढ वर्षको अवधिमा भएका प्रमुख काम के के हु
भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत अध्यापन गरिने भएको छ । दसैँ, तिहार र छठपर्वका लागि बिदा गरिएका विद्यालय सोमबारबाट खुल्दै छन् । भूकम्पले क्षति पुगेका विद्यालयमा पठनपाठनमा समस्या भएपछि अस्थायी सिकाइ केन्द्रमार्फत सिकाइ गरिने छ ।
भूकम्पले जाजरकोटमा खाद्य सङ्कटको जोखिम ल्याएको छ । घरमा भण्डारण गरिएका अन्न र खाद्यान्न भत्किएकै घरले पुरिएको र बारी तथा खेतमा लगाएको अन्नबाली निकाल्ने बेला नभएपछि भूकम्प क्षेत्रमा खाद्य सङ्कट गहिरिएको हो । खेतबारीको अन्नबालीले समेत सो क्षेत्रमा तीन महिनादेखि धनीमानीको छ महिना थेग्ने अवस्था रहन्छ । समयमै खाद्यान्न जोहो गर्न नसके जिल्लामा खाद्य सङ्कट आउन सक्ने चेतावनी जिल्लाका सरोकार निकायले दिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा अहिले पनि वर्षौंपहिले विद्युत् आपूर्तिका लागि प्रयोग गरिएका चार हजारभन्दा बढी काठका पोल प्रयोग भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्र र पाँचखाल वितरण केन्द्रले दुई वर्षअघि आफ्नो सेवा क्षेत्रभित्र रहेका काठका पोल विस्थापन गर्ने अभियान सञ्चालन गरे पनि पछिल्लो समय बजेट अभावका कारण अभियान सञ्चालन हुन सकेको छैन ।
गत आर्थिक वर्षमा सिन्धुपाल्चोकका १८ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमका अनुसार वैदेशिक रोजगारीका लागि विदेश गएका आठ हजार महिलामध्ये ९० प्रतिशत जनजाति आदिवासी समुदायका छन् । घरायसी कामदारका रूपमा महिला इजरायल, कुवेत, अरब, दुबई, कतार, मलेसिया, जोर्डनलगायतका देशमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा गएका महिलामध्ये केहीले मात्रै राम्रो काम पाउने गरेको सो कार्यक्रमका मनोसामाजिक परामर्शदाता निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषागत सिप, ज्ञान, दक्षताको कमीका कारण महिला विदेशी भूमिमा अलपत्र परेका हुन् । विदेशमा पुगेर समस्या भो
रुकुम पश्चिममा भूकम्प पीडित घरपरिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया सुरु भएको छ । सरकारले अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रूपमा क्षतिको विवरण सङ्कलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतःस्फूर्त रूपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदै छ । जलवायु परिवर्तनसम्बन्धी यो विश्व सम्मेलनमा निरन्तर सक्रिय भूमिका खेलिरहेको नेपालले यो सम्मेलनको अन्तिम राष्ट्रिय तयारीका लागि मङ्सिर ५ गते काठमाडौँमा राष्ट्रिय जलवायु सम्मेलन गर्दै छ । यही बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोलुखुम्बुको सगरमाथा आ
सरकारले सामाजिक सञ्जालमा बहुचर्चा पाएको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको पक्षमा लेख्नु वा बोल्नु भुङ्ग्रोमा हात हाल्नु जत्तिकै भएको छ । कतिपय मिडियाले सर्वसाधारणको पहुँचमा रहेको ‘लोकप्रिय सार्वजनिक प्लाटफर्म’ भनेर टिकटको निकै बखान गरेका छन् । सरकारको यो निर्णय अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता समेतविरुद्धमा भएको कतिपय नेतासमेतलाई लाग्न थालेको छ । सरकारले भने यो निर्णय गर्दैगर्दा ‘टिकटकबाट सामाजिक सद्भाव बिगार्ने’ काम भएको बताएको छ ।
नेपालको सबैभन्दा पुरानो र विद्यार्थी सङ्ख्याको हिसाबले विश्वमा नै ठुला विश्वविद्यालयमध्येको त्रिभुवन विश्वविद्यालय अहिले नयाँ उपकुलपति चयनको प्रक्रियामा छ । उपकुलपति प्रतिष्ठित पद हो । यो पदले विशाल शैक्षिक जहाजको कप्तानका रूपमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गर्ने छ । विश्वविद्यालयको समग्र निर्णय प्रक्रियामा उपकुलपतिको महत्वपूर्ण भूमिका हुन्छ । यसले त्रिविमा मात्र नभएर नेपालभर उच्च शिक्षाको स्वरूप कस्तो बनाउने भन्ने विषयलाई प्रभा
करोडौँ करोड वर्षमा प्रकृतिले स्वयम् सिर्जना गरेको यो पृथ्वीमा विपत्ति आइरहन्छ । कतिपय मानिसले ल्याएको विपत्ति हुन्छन् त कतिपय प्रकृति स्वयम्ले । दुई महायुद्ध मानिसले ल्याएका विपत्ति थिए । युक्रेनमाथि रुसको अतिक्रमणले ल्याएको युद्ध होस् वा हमासको इजरायलविरुद्धको उत्ताउलो आक्रमणपछिको युद्ध, यी सबै मानिसले ल्याएको विपत्ति हुन् । प्रकृतिले ल्याउने कतिपय विपत्तिमा पनि मानिसको बेवास्ताले अझ बढी क्षति हुन्छ । भूकम्प त्यस्तै विपत्ति हो । मानिसले बनाएका कमजोर संरचनाले बढी जनधनको क्षति हुन्छ, भइरहेकै छ तर विपत्तिपछिका पुनर्निर्माणले दिगो संरचना मात्र दिँदैन, अर्थतन्त्रलाई
बैङ्किङ कसुर तथा चेक बाउन्सका घटना वृद्धि भइरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी चेकमार्फत कारोबार गरे पनि ठगिने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तीन वर्षयताको तथ्याङ्कले पनि दुई वर्षयता बैङ्किङ कसुरमा दर्ता भएका उजुरीले ‘ग्राफ’ बढिरहेको देखाउँछ । देशभर सबैभन्दा बढी चेक बाउन्स तथा बैङ्किङ कसुरमा मुद्दा आउने जिल्ला प्रहरी परिसर काठमाडौँमा हो । यहाँ यस्ता मुद्दाको चाङ नै छ । परिसरमा चेक बाउन्सका दैनिक २०÷२५ वटा उजुरी पर्ने गरेका छन् । ती उजुरी
युवा गजलकार नृपेश उप्रेतीको एकल गजल वाचन गरिएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान चितवनको आयोजना र रत्ननगर वाङ्मय परिषद्को सहकार्यमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा गजलकार नृपेश उप्रेतीले गजल प्रस्तुत गर्नुभएको हो । रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उप्रेतीका गजल सुन्न चितवन र नवलपरासीका स्रष्टाको बाक्लो उपस्थिति थियो । उप्रेतीले कार्यक्रममा शृङ्गार रस र समसामयिक गजल सुनाउनुभयो । रत्ननगर चितवन घर भएका उहाँ पछिल्लो समय बेलायत बस्नुहुन्छ । विसं २०७४ मा ञमुसाफिरझ गजलसङ्ग्रह प्रकाशन गरेका उहाँका एक सयभन्दा बढी गजल रेकर्ड पनि भएका छन् । केही नेपाली चलचित्रमा पनि उहाँका गीत समावेश छन् ।