राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।
छ वर्षअघि निर्माण सुरु भएको बैतडी जिल्लाको सभाहल जीर्ण बनेको छ। दशरथचन्द नगरपालिका–४, गढीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा निर्माण भइरहेको सभाहल जीर्ण बनेर छत भत्किने अवस्थामा पुगेको छ।
काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६, पैंयाटारस्थित सनफ्लावर एकेडेमीको पहलमा विशेषज्ञसहितको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफू मात्र उद्यमी हुनुभएको छैन, आफ्नो सीप धेरैलाई बाँडेर अरूलाई समेत उद्यमी बनाउनुभएको छ। नवलपरासीमा जन्मे हुर्केकी सरिताले उतै छँदा सानैमा दुनाटपरी बनाउन सिक्नुभएको थियो। विवाहपछि फूलबारी पुग्नुभएकी सरिताले सुदूरपश्चिममा दुनाटपरी व्यवसायलाई उद्योगकै रूपमा अगाडि सार्नुभएको हो। २०७४ सालमा साथीहरूसँग मिलेर साँझेदारीमा उहाँले उद्योग सञ्चालन गर्नुभयो। “केही समय तीन जना मिलेर उद्योग चलाएका थियौँ पछि मलाई एक्लै गर्न मन लाग्यो, २०७५ सालदेखि न्यू फूलबारी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएँ” सरिताले अनुभव सुनाउनुभयो।
तीन दिनदेखि लगातार वर्षा भएसँगै पहाडी क्षेत्रमा चिसो बढेको छ। चिसोका कारण गहुँ पाक्न ढिलाइ भएको छ। पाकेको गहुँ बाली थन्क्याउन पनि समस्या भएको गुनासो किसानको छ। डडेल्धुरा जिल्ला सदरमुकाममा पछिल्लो २४ घण्टामा झन्डै ४५ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालयको यन्त्रमा मापन भएअनुसार पछिल्लो २४ घण्टा सोमबार बिहान ८:४५ बजेदेखि मङ्गलबार बिहान ८:४५ बजेसम्म ४४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। डडेलधुरामा कुहिरोसहित वर्षा भइरहेको छ।
कुनै दिन खबर भई पुग्ने छु म, तिमीकहाँ
करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत् आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत् उत्पादन हुन सकेको छैन। उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन समिति, स्थानीयदेखि सरोकारवाला निकायको जोड छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले कामको गति हेर्दा समयमा बनाउने विषयमा
धवलागिरि गाउँपालिका -२ लुलाङकी ७७ वर्षीया धोबी विक घर आँगनमा बस आउँदा दङ्ग हुनुहुन्छ । गाउँपालिका केन्द्र सम्म पुगेको सडक विस्तार गरेर चार महिना अघि दुर्गम लुलाङ गाउँमा सडक पुगेको हो ।
बाटोमा भेटियो एउटा मान्छे । सोध्दा उसले नाम भनेन । भीडमा भेटियो एउटा मान्छे ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिम पहिरोमा परेर बेपत्ता पाँच जनाको परिचय खुलेको छ ।
खेतमा फुल्दै गरेको तोरीले सोध्यो मैले कतिसम्म फुल्नुपर्ने हो ?
कर्णाली प्रदेशलाई अपराध, दुव्र्यसनमुक्त बनाउने लक्ष्यसहित प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको तयारी गरेको छ। प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको कार्ययोजनासमेत निर्माण गरेको छ। जसमा १४ वटा क्षेत्रमा ७४ वटा क्रियाकलाप गर्ने जनाइएको छ। ती क्रियाकलापमध्ये ३५ वटा क्रियाकलाप स्थानीय तहसँग सम्बन्धित रहेका छन्। प्रदेशभर रहेका तीन लाख ७१ हजार १४५ घरमा जनचेतनामूलक स्टिकर टाँस गर्ने, दलाल बिचौलियालाई निरुत्साहन गर्ने, पुस्तकालय निर्माण गर्ने, सीसीटीभी विस्तार गर्ने, मोटरसाइकल
बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल नगर्दा दुई सरकारी निकायबीच द्वन्द्व छताछुल्ल भएको हो । भूमि आयोगले महानगरपालिकाले प्रारम्भिक चरणको काम नै सुरु नगरेको अनि महानगरले सुकुम्बासी बस्ती व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन आयोगले आवश्यक तत्परता नै नदेखाएको आरोप प्रत्यारोप गरेका छन् । यसको परिणाम सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाले नदी स
कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता हुने गर्छ । विश्व मञ्चमा शक्ति, स्रोत, आर्थिक सक्षमता र शासकीय चातुर्यताको प्रभुत्व रहेको छ । विश्वको प्रभावबाट सकारात्मक लाभ प्राप्त गर्न अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा रहेको हुन्छ । मित्र देश र विश्व समुदायसँंग सम्बन्ध बढाइ आफ्नो देशको हित प्रव
सङ्गठनको उद्देश्य प्राप्तिका लागि मानिससँग मिलेर उनीहरूबाटै काम गराउने कला व्यवस्थापन हो । योजना, सङ्गठन, नेतृत्व तथा नियन्त्रणजस्ता मूल तत्वसहित निर्देशन, रिपोर्टिङ र बजेटिङलाई समावेश गरी व्यस्थापनविद् लुथर गुलिकले पोष्टकर्भको अवधारणालाई अगाडि ल्याए । यसैले व्यवस्थापनका मुख्य तìवहरूको कार्यान्वयन अवस्थाको वस्तुगत ढङ्गले गरिने जाँच नै व्यस्थापन परीक्षण हो । व्यवस्थापनविद् टि. जी. टोकेका अनुसार, कुनै पनि सङ्गठनको व्यवस्थापकीय क्रियाकलापको मि