पर्वतको विहादी गाउँपालिकास्थित वडा ३ को कुमाल गाउँ केही वर्ष अगाडिसम्म माटाको भाँडाकुँडाका लागि चर्चित थियो । अहिले भने कुमाल जातिको परम्परागत पेसा विस्थापित भई एकादेशको कथा बनेको छ ।
‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।
सहकारी अभियन्ता माधव देवकोटाको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियन्ता देवकोटालाई सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको थियो ।
मुगुको छायाँनाथ रारा नगरपालिका अन्तर्गत–४ भामवाडा निवासी अग्निपीडित कुनतरी रावलको परिवारलाई सहयोग प्राप्त भएको छ ।
फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित हुनुभएको छ । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।
भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् ।
नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटाको १२० औँ जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ । सो अवसरमा माधव–दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले प्रकाशन गरेको कवि देवकोटाको स्मृतिग्रन्थ विमोचन गरिएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।
कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानी दान गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको कानको शल्यक्रिया हुने भएको छ ।
चिसो मौसम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । यहाँबाट दमौली वरपर बिहानै फैलने तलाउँ जस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिने भएकाले पर्यटक आकर्षित भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएको छ ।
भोजपुर नगरपालिका –७ डाँडागाउँका दानबहादुर तामाङको घर शिल्ड, मेडल, ट्रफीलगायत पुरस्कारले भरिएको छ । संघर्ष जिवनको लक्ष्य प्राप्तीको आधार हो भनेझै दानबहादुरले खेल क्षेत्रका बलियो आधार बन्नुभएको छ ।
बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो ।
मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गर्नुभएको छ ।