सङ्क्रमणकालीन न्यायको आवाज सुनेको डेढ दशक नाघिसक्यो । विस्तृत शान्ति सम्झौतापछि जति पनि सरकार बने, तिनले सङ्क्रमणलाीन न्याय टुङ्ग्याउने एजेन्डा नबोकेका कुनै पनि सरकार छैनन् तर टुङ्गिएन, किन ? कारण हो टुङ्ग्याउन नचाहनु । सबै जना टुङ्ग्याउने पनि भन्ने, टुङ्ग्याउन पनि नटुङ्ग्याउने र अरूमाथि दोष थोपरिरहने शृङ्खला लामो समयदेखि चलिरहेछ ।
सुडानमा सत्ता सङ्घर्ष नियन्त्रणबाहिर जाँदै छ । त्यहाँका दुई सुरक्षा निकायबीच भीषण सङ्घर्ष जारी रहँदा जनताको दैनिकी भयावह बनेको छ । विदेशी नागरिक स्वदेश फर्कंदै छन् भने हजारौँ सर्वसाधारण नागरिक सुरक्षाका लागि दक्षिण सुडान, चाद, इजिप्टलगायतका छिमेकी देशतर्फ गएका छन् । गएको अप्रिल १५ देखि सेना प्रमुख अब्देल फताह अल बुर्हानको नेतृत्वमा रहेको सेना र मोहमद हामदान डागालोको नेतृत्वमा रहेको अर्धसैनिक बल (आरएसएफ)बीच सङ्घर्ष सुरु भएको हो ।
विगतमा सामुदायिक विद्यालयमा घटिरहेको विद्यार्थी भर्ना र परीक्षाफलले सामुदायिक विद्यालयमा धेरै नै सुधारको आवश्यकता औँल्याइदियो । यही कुरालाई मनन गर्दै विभिन्न स्थानीय तहहरूले स्थानीय विद्यालयमा सुधारको पहल गरेको देखिन्छ । यो वर्ष दूरदराजका सामुदायिक विद्यालयमा समेत समयअगावै विद्यार्थीको हात–हातमा पुस्तक पुगिसकेका छन् । अचेल शिक्षक ढिला स्कुल पुग्ने र छिटो भाग्ने कुरालाई ध्यानमा राखेर कतिपय सामुदायिक विद्यालयमा हाजिरी गर्ने मेसिन राखिए
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा मनपरी गरेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।
सरोज अधिकारी, आस्मा विश्वकर्मा र करिश्मा श्रेष्ठको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘पानी पानी’ सार्वजनिक भएको छ । गीतमा समिर आचार्य र एलिना चौहानले स्वर दिनुभएको छ भने आनन्द अधिकारीको शब्द रचना रहेको छ । आशिष अविरल सङ्गीतकार हुन् । गीतको भिडियोका निर्देशक सरोज आफैँ हुनुहुन्छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को काठमाडौँमा प्रिमियर भएको छ । प्रिमियरमा नेपाली चलचित्रकर्मीहरू र पत्रकारहरूको सहभागिता रहेको थियो । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक नृत्यको कथा बुनिएको चलचित्र हेर्नेहरूले चलचित्रले पुरानो संरचना भत्काएको प्रतिक्रिया दिनुभएको छ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
फेसनेबल भएर हिँड्न चाहनेहरूका लागि वर्षायाम निकै दिग्दार लाग्दो हुन सक्छ । यस्तो मौसममा फेसनेबल भएर हिँड्नु निकै कठिन पनि हुन्छ तर ऋतुअनुसारको सही पोसाक छनोट गर्न सकेमा भने चाहेजस्तो फेसनेबल बन्न सकिने सुझाव फेसन विशेषज्ञहरूको रहेको छ । वर्षायाममा निरन्तर पानी परिरहने हुँदा मौसम चिसो हुने भएकाले त्यहीअनुसारको कपडा छनोट गर्नुपर्ने फेसन डिजाइनर रमिला नेम्कुलले बताउनुभयो । मौसमअनुसारको कपडा छनोट गरेर लगाएमा त्यसले व्यक्तित्व राम्रो बनाउँछ । उहाँ भन्नुहुन्छ, ‘‘बजार ट्रेन्ड हेरर पोसाक छनोट गर्नुभन्दा आफ्नो शरीरमा मिल्ने, लगाउँदा आनन्द र शीतलताको अनुभूति हुने कपडा छनोट गर्नु बुद्धिमानी हुन्छ ।”
बाजुराको बूढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा परेको छ । परापूर्वकालमा निर्माण गरिएका मन्दिरहरू र धर्मशालाको अवशेष मात्र रहेका छन् । धार्मिक तथा पर्यटकीय स्थल भए पनि त्यसको प्रचारप्रसार र संरक्षण हुन नसकेपछि धाम ओझेलमा पर्दै आएको हो ।
भरतपुर महानगरपालिका–१३, गङ्गानगरका ५१ वर्षीय शुकदेव न्यौपाने अहिले वन र वन्यजन्तुको संरक्षणमा क्रियाशील हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको वेलसहर मध्यवर्ती सामुदायिक वनमा वनरक्षक रहेका न्यौपाने बाघ, गैँडा, भालुजस्ता जनावरको संरक्षणमा हरदिन जुटिरहनुभएको छ।
भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेल धारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा परिसरमा निर्माण गरिएको भौतिक संरचना रोक्न चाँगुनारायण नगरपालिकालाई पत्राचार गरेको छ । बुधबार कार्यालयले चाँगुनारायण नगरपालिकालाई पत्राचार गरिएको भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले जनाएको छ । झौखेल धारा क्षेत्रमा चैत्य, ढुङ्गेधारा र नजिकै पोखरी पनि रहेकाले नगरपालिकाको विनियोजित रकमबाट सो क्षेत्रमा संरचना बनिरहेकाले तत्काल रोक्का गरी प्राचीन पोखरीकै रूपमा कायम गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ मधेश र मधेशी जनताको हक–हित र अधिकारका लागि सकारात्मक रहँदै आएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “मैले मधेशको जनता र त्यहाँका राजनीतिक दलहरूको विश्वास जित्नका निम्ति संविधान संशोधनका लागि सदनमा दुई–दुई पटक प्रस्ताव दर्ता गराएँ ताकि त्यहाँको जनता, राजनीतिक र बुद्विजीवीलाई यो भरोसा होस् कि मधेशी जनताको आवाज र भावनाप्रति प्रचण्ड संवेदनशील छ।’’
दोलखाका किसानलाई यति बेला हिउँदे मुख्य बाली गहुँ थन्क्याउने चटारो परेको छ । मङ्सिर,पुसमा छरेको गहुँ हिजोआज खेतैभरि पहेँल पुर भएर पाकेपछि किसानलाई गहुँ थन्क्याउने चटारो परेको स्थानीय किसान दल बहादुर राउतले बताउनु भयो ।
काकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।