रुपन्देहीको सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्म पुरुष ३८८ र महिला ३७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
गोरखाको आरुघाट गाउँपालिकाको ९ र ८ को सिमानमा पर्ने स्तुल खोलामा बेलिब्रिज पुल निर्माण हुँदा बन्दा गोरखाका तीन वटा पालिका लाभान्वित भएका छन् ।
काठमाडौँ महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम सञ्चालन गरी मनाउन अनुरोध गरेको छ ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नम्बर २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको जनाएको छ।
तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ ।
गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेला परेको हो ।
खार्पुनाथ गाउँपालिका–१ स्थित बोक्चेगौडामा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजे सो स्थानको कर्णाली नदी किनारमा लास भेटिएको हो ।
टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
मुस्ताङको एक विद्यालयले छात्रावासमा वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरिएको छ ।
इलामको रोङ गाउँपालिका–३ कोल्बुङको अर्याल चोकमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
कर्णालीमा प्रसव फिस्टुलाको निःशुल्क उपचार हुँदैआएको छ । विदेशी चिकित्सकको लगानीमा एक गैर सरकारी संस्थाले कर्णाली प्रदेशको प्रदेश अस्पतालमा सञ्चालन गरेको अस्पतालमा प्रसव फिस्टुलाको निःशुल्क उपचार सुरु गरिएको हो ।