नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।
उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएका घोराही उपमहानगरपालिका–५ ठूलोगाउँ धर्ना निवासी जग्गुलाल सधैँ ओझेलमा रहनुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–५ को सृजनशील युवा क्लबले आयोजना गरेको खुला ग्याजा कप भलिबलको उपाधि ज्वालामुखी क्लब धादिङले आफ्नो पोल्टामा पारेको छ ।
देउसी भैलीबाट सङ्कलन भएको दक्षिणा बापतको रकम बाँकेमा एक जना मिर्गौला रोगसँग जुधिरहनुभएका विरामीको उपचारका लागि हस्तान्तरण गरिएको छ ।
मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
फिफा विश्वकप २०२६ एएफसी छनोटको समूह ‘एच’ अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले मङ्गलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।
इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो ।
बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिलान्यास गर्नुभएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइते भएका ५२ जना निको भई भेरी अस्पताल नेपालगन्जबाट घर फिर्ता भएका छन् ।
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको हो ।
झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौकामा बढी भाडा लिन १६ वटा सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने र पोखराबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको हो ।
गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरूलाई सुताउन र खाना खुवाउन व्यवसायीहरू २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाउनुभयो ।