१. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो ? नेपाल – २०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको । फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको । – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो
सार्वजनिक खरिदको विकृति तथा न्यूनीकरण १. सार्वजनिक खरिद भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा सार्वजनिक खरिदको अभ्यासमा देखिएका विकृतिहरू उल्लेख गर्दै विकृति न्यूनीकरणका उपायहरू सिफारिस गर्नुहोस् । सार्वजनिक स्रोत प्रयोग गरी मालसामान, परामर्श सेवा, निर्माण कार्य र अन्य सेवा प्राप्त गर्ने कार्यलाई सार्वजनिक खरिद भनिन्छ । सरकारी निकायबाट हुने खर्चको ठूलो हिस्सा सार्वजनिक खरिदको माध्यमबाट हुने गर्दछ । सार्वजनिक खर्चको माध्यमबाट अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन सार्वजनिक खरिदको महत्व उच्च रहेको छ ।
बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि रौतहटको एक दलित बस्तीमा खानेपानी अभाव भएको छ। गुजरा नगरपालिका–५, लक्ष्मीपुरको मुसहर बस्तीमा रहेको खानेपानीको एक मात्र धारा सुक्दै गएपछि खानेपानी अभाव भएको हो। कुल २८ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको एउटा मात्र धारा छ। २०७२ सालमा ‘डिप बोरिङ’ गरी निर्माण गरिएको उक्त धारामा अन्य उपकरणको सहायताबिना नै स्वतः पानी आउँछ। सो वडामा त्यस्ता धारा छवटा थिए। तीमध्ये पाँचवटा सुकिसकेका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भइसकेको बताउनुभएको छ। पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा मङ्गलबार बोल्दै उहाँले आम्दानीको दिगो स्रोत बढाउन नसक्दा पहाड उजाड बनेको बताउनुभएको हो। उहाँले गरिबी निवारण, आयात प्रतिस्थापन, उत्पादन वृद्धि, जमिनको सही ढङ्गले प्रयोग गर्नसके पहाडी क्षेत्रको बसाइँसराइ रोक्न सकिने बताउनुभयो। त्यसका लागि स्थान विशेषमा हुने भूमिको उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।
कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो।
भारतपछि दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा सुधार आएको छ । कोरोना महामारीका कारण ठप्पजस्तै रहेको चिनियाँ पर्यटकको पछिल्लो आगमनले पर्यटन क्षेत्रलाई पुनः लयमा फर्किन लागेको देखाएको छ । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को अप्रिलको तुलनामा सन् २०२२ को अप्रिलमा पर्यटकको आगमनमा ९० प्रतिशत सुधार आएको छ ।
प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् ।
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ ले संस्थानमा कार्यरत पत्रकार एवं कर्मचारी गरी छ जनालाई जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार प्रदान गर्ने भएको छ। सङ्घको मङ्गलबार बसेको बैठकले पुरस्कार छनोट उपसमितिको सिफारिसका आधारमा छ जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि विदेशी दाताले निर्माण गरिदिने भनेका दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै बनेका छैनन् । दोलखा जिल्लाका भूकम्पमा क्षति भएका ६४९ विद्यालय भवनमध्ये ६४१ वटाको निर्माण सम्पन्न भइसकेको छ भने आठवटा निर्माणाधीन छन् । यसमा विद्यालय व्यवस्थापन समिति, एडीबी, जापान, भारत, चीन तथा शिक्षा विकास तथा समन्वय एकाइ र गैरसरकारी संस्थाको निर्माण सहयोग रहेको छ ।
नेपाल एकारात इन्जिनियरिङ कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क रूपमा अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर उपलब्ध गराएको छ । ५०० केभीए क्षमताको उक्त ट्रान्सफर्मर करिब ३२ लाख रुपियाँ मूल्यको हो । उक्त ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे/नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गर्नुभएको हो ।
मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा रहेर काम गरिरहेका आफ्ना नागरिकलाई अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा दिन थालेको छ । मलेसियामा रहेको दूतावासले वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार सूचना व्यवस्था प्रणाली (फेमिस)मा जोडिएर ती देशबाट श्रम स्वीकृति दिने व्यवस्था भएको सम्बन्धित दूतावासले जानकारी गराएका छन् । अनलाइनबाट सबै प्रक्रिया अघि बढाए अन्तिममा गएर श्रम स्वीकृति दिने ठाउँमा
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। भुटानी शरणार्थीको नक्कली कागजपत्र बनाई अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार रहेको खुलेपछि राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
वीर अस्पतालमा कार्यरत नर्स अनुपमा श्रेष्ठलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाललाई नियन्त्रणमा लिएको छ । अनुपमाले गत शनिबार ढकालको घर बोहोराटारमा पुगी आत्महत्या गर्नुभएको थियो । घटनास्थलमा प्राप्त सुसाइड नोटअनुसार कान्ति बाल अस्पतालका चिकित्सक ढकाल र अनुपमाबीच लामो समयसम्म प्रेम सम्बन्ध थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताउनुभएको छ। उहाँले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताउनुभएको छ ।