बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो ।
आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ ।
सोमबार बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते सात जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय रुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
पुतलीबजार नगरपालिका वडा नं १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पाल्पाको रामपुर नगरपालिका वडा नं.४ को आन्द्राकुदे र ५ को गौडान जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
तनहुँको एक विद्यालयले विद्यार्थीलाई खेतमा लगेर जीवनाेपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमबारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो ।
कङ्गोमा चुनावी अभियान सुरु भएको छ । डिसेम्बर २०, २०२३ का लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको अभियान आधिकारिक रूपमा आइतबारबाट प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा सुरु भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारी साधनमा छुटेका रु. ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो ।
इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।