• २३ वैशाख २०८१, आइतबार

फिल्म ‘बलिदान’मा सौगात मल्ल अनुबन्धित

blog

काठमाडौं, मङ्सिर ४ गते । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुनुभएको छ । यसअघि फिल्ममा अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् । 

पुसकाे पहिलो सातादेखि छायाङ्कन सुरु हुने फिल्म तराई–मधेशमा हुने राजनीतिक र  सामाजिक ड्रामामा आधारित हुनेछ ।

निर्माताले तिहारको लक्ष्मीपूजाको दिनमा टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुबारे जानकारी दिनुभएकाे हाे । ‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माणमा पवन विष्टसँग सहकार्य गर्दैछन् ।