• १७ असार २०८१, सोमबार

बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन

blog

काठमाडौं, मङ्सिर ३ गते । बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो । 

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्ने क्रममा सञ्जयलाई हृदयाघात भएको थियो । उहाँलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगिएसँगै त्यहाँका चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।