• १२ साउन २०८१, शनिबार

‘कांग्रेसका कारण कोशी प्रदेश सभा बच्यो’

blog

कोशी प्रदेश ब्युरो 

विराटनगर, मङ्सिर ३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धानबिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो । 

कोइरालाले नेताका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको दाबी गर्दै गणतन्त्र राम्रो व्यवस्था भए पनि राजनीतिक दलका कारण प्रश्नचिह्न खडा भएको उहाँको भनाइ रहेको थियो । नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका कारण कोशी प्रदेश सभा बचेको धारणा व्यक्त गर्दै नेता कोइरालाले कोशीमा एमालेसहितको सहमतीय सरकार बनाउन आफूले पहिलादेखि नै जोड दिँदै आएकोसमेत स्मरण गर्नुभयो ।