काठमाडौं, असार २४ गते। संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हद म्याद दुई वर्ष बढाउने सहमति गरेको छ। शुक्रबार समितिले यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा हदम्याद बढाउने सहमति जुटाएको हो। बलात्कार सम्बन्धी घटनाको मुद्दामा हदम्याद हटाउन माग भइरहेका बेला संसदीय समितिले दुईथरी हदम्यादको प्रस्ताव गरेको हो। समितिले बालबालिका तथा अपांगता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा तीन वर्षसम्मको हदम्याद राख्ने प्रस्ताव गरेको छ। यस्तो प्रस्तावसँगै समितिले जबरजस्ती करणीको परिभाषा हदम्याद लगायतका यौनजन्य हिंसा सम्बन्धी भएका कानुनको अध्ययन गरेर सरोकारवालासँग छलफल गरेर जतिसक्दो चाँडो कानुनमा सुधार गरेर विधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्णभक्त पोखरेलले समिति बैठकमा सरकारलाई यस्तो निर्देशन दिनुभएको हो। उहाँले सबै राजनीतिक दल र समितिमा विभिन्न सरोकारवाला निकायसँगको छलफल पश्चात सहमति भएको बताउनुभयो। उहाँले अन्य विकृतिको रुपमा अपवादमा हुने घटना भन्दा पनि मुख्य कुरा महिलालाई उपभोगको वस्तु ठानेर अस्थित्व लुट्ने कुरा प्रमुख भएको बताउनुभयो।बैठकमा नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले एक वर्षको हदम्यादलाई दुई वर्ष बनाउन प्रस्ताव गर्नुभएको हो। उहाँले बालबालिकाको हकमा बालिक भए तीन वर्षसम्म, ज्येष्ठ नागरिक, अपाङ्ग, सुस्त मनस्थितिको हकमा पाँच वर्षसम्म बनाएर कानुनमा समग्रमा दुई वर्ष राख्दा हुने प्रस्ताव गर्नुभएको थियो।त्यस्तै बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद गोमा देवकोटाले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, सुस्त मनस्थितिको हकमा हदम्याद राख्न नहुने प्रस्ताव राख्नुभयो। उहाँले बालबालिका ज्येष्ठ नागरिक, अपाङ्ग, सुस्त मनस्थिति बाहेकलाई पाँच वर्ष र सामूहिक बलात्कारको हकमा हदम्याद राख्न नहुने बताउनुभयो।त्यस्तै नेकपा (एमाले)की सांसद विमला बिकले भने बलात्कार जस्तो अपराधमा दुई वर्ष हदम्याद राख्ने प्रस्तावको विरोध गर्नुभयो। उहाँले पीडामा परेका व्यक्तिले आफू पीडित भएको कुरा बाहिर ल्याउने विषयमा समय सीमा राख्न नहुने जिकिर गर्नुभयो। अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न पाउनेछन्। यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नुपर्नेछ। थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष तीन महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।उनीहरुको हकमा तीन महिना औषधि उपचार गर्नका लागि समय दिइएको हो। यसैगरी अपाङ्गता, ज्येष्ठ नागरिक र सुस्तमनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युके सम्मान र पुरस्कारबाट दुई जना पत्रकार यहाँ आज सम्मानित र पुरस्कृत हुनुभएको छ । फोनिज केन्द्रीय समितिद्वारा यहाँ आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको हो ।
रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ ।
नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको टयाक्टर दुर्घटनाका घाइतेलाई स्वास्थ्य संस्थामा पुरायाउन र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँर र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुवँरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको थियो ।
गोरखापत्र अनलाइन काठमाडौं, असार २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुककै अग्रणी प्रसारण संस्था रेडियो नेपालको गरिमा र महत्वलाई समयानुकूल अगाडि बढाउँदै देशका सबै भाषाभाषी, समुदाय र कुनाकाप्चामा पुराउनुपर्ने बताउनुभएको छ । रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन एवम् समावेशी तालिम समापन समारोहमा मन्त्री कार्कीले विविधितामा एकता नै मुलुकको विशिष्ट पहिचान भएको बताउनु भयो । उहाँले विविधितालाई राष्ट्रिय पुँजीका रुपमा विकास गरी जातीय सदभावलाई समृद्ध बनाउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । । मन्त्री कार्कीले अहिलेको समय र समाजको गतिशीलतालाई बुझेर रेडियो नेपाललाई सबै जनताको मनमा बस्ने प्रसारणको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले रेडियो नेपालको शैली पुस्तकले प्रसारण शैलीमा थप निखार ल्याउने बताउनु हुँदै समावेशी तालिमबाट प्राप्त ज्ञानसिपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने यस किसिमका तालिमलाई निरन्तरता दिनुपर्ने भन्नुहुँदै यसमा सरकारको साथ रहने प्रतिबद्धता जनाउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रसारणलाई फरक र आफ्नै शैलीको बनाउन रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक थप सहयोगी हुने बताउनुभयो । निर्देशक केसीले रेडियो नेपाल प्रसारण क्षेत्रकै जननी भएकाले अरुको नक्कल गर्ने नभई पृथक ढङ्गले अगाडि बढ्न शैली पुस्तकले प्रसारण र प्रस्तुतिलाई थप समावेशी र आकर्षक बनाई सबैको मनमा बस्ने विश्वास व्यक्त गर्नुभयो । रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले शैली पुस्तक निर्माणका क्रममा विज्ञहरुको सल्लाह र सुझाव अनुसार अगाडि बढेको भन्नुहुँदै शैली पुस्तकले प्रसारण सामग्रीमा एकरुपता ल्याउने विश्वास व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रका विज्ञहरु डा. सुरेश आचार्य, धर्मेन्द्र झा, अनिता गुरुङ, टिकाराम यात्री र जनार्दन विष्टले समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तीन दिने तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रममा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालिममा सहभागी रेडियो नेपालका कार्यक्रम तथा समाचारमा रहेर काम गर्ने ६५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । गत बुधबारदेखि सुरु भएको ३ दिने समावेशी तालिममा सहभागीमध्ये चन्द विष्ट र अच्युत अर्यालले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन गर्नुभयो ।
नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गर्नुभएको छ।
झापाको कनकाई नगरपालिका ३ एकान्तटोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन ।
काठमाडौं, असार २४ गते। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगर प्रमुख महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। उहाँ अहिले घरमै स्वास्थ्य लाभ गरिरहनुभएको प्रवक्ता महर्जनले जानकारी दिनुभएको छ। महर्जनको स्वास्थ्य अवस्था सामान्य छ। ललितपुर महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना सुरु भएको छ । अहिलेसम्म ४०० मत गणना हुँदा नेकपा (एमाले) बाट मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १८९ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार रङ्गबहादुर खातीले १८५ मत ल्याएर पछ्याइरहनुभएको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले जानकारी दिनुभयो ।
नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै आफ्नो उत्पादन भारत निर्यात गरेको हो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुहुँदै जनताप्रति गम्भीर भएर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । छवि कार्कीको १२ औँ स्मृति सभालाई शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बताउनुभएको छ ।