जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी वीरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रूपमा परिचय पत्र वितरण कार्यको सुरुवात गर्नुभएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका–२ सीतापुर जोड्ने सडकको सम्झौता भएको करिब डेढ वर्षपछि काम सुरु भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भिषण आगलागी भयो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।
बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ ।
पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो ।
गायक किरण पुन्जले नयाँ गीत ‘निर्णय’ सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैली यस गीतमा शब्द, सङ्गीत भूगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले सङ्गीत संयोजन गर्नुभएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि नगरपालिकाले योजना बनाउन लागेको जानकारी दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिनुभएको छ ।
प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताउनुभएको छ ।