प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवम् मनोविज्ञान निर्माण गर्न सम्भावना नहुने बताउनुभएको छ ।
बेझाङमा नमुनाका रूपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनुभयो ।
नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् । यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकाङ्क्षी देखिएका छन् ।
चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि (सोमबार) देखि खुला हुने भएको छ ।
पुतलीबजार नगरपालिका–८ बहाकोटमा रहेको बहाकोट कोटकालिका मन्दिरको पुनर्निर्माण गरिएको छ । चौबिसे राज्यमध्ये पर्ने बहाकोटमा पूर्व राजा पृथ्वी वीरविक्रम शाहको पालामा करिब १२० वर्ष पहिला यहाँ स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको पुनर्निर्माण हो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१० बदेडावासी दसैँ कसरी मनाउने भन्ने चिन्तामा रहेका छन् । यहाँका अधिकांश स्थानीय रोजगारीका लागि भारतमा जाने गर्दछन् । प्रत्येक वर्ष दसैँतिहार मनाउन उताबाट भारु रुपियाँ पठाउने गर्दछन् ।
पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ ।
पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरूको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सभा बैठकमा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन–नेपाल र भारतको बिचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पृथ्वी राजमार्गको दमौली–पोखरा खण्डको अवरोध हटेको छ । चार घण्टा लगाएर पहिलो पन्छाएपछि सडक खुलेको हो । सडक खुले पछि यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन् ।
वेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो ।